बुटवल । क्लिक इन्टरनेशनल एजुकेसन स्थापनाको ९ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । नवौँ वार्षिकोत्सवको अवसरमा इन्टरनेशनलले आफ्नो सेवामा विद्यार्थीलाई विभिन्न छुटसहितको अफरहरू घोषणा गरेको हो ।
संस्थाको बुटवल शाखाले पनि वार्षिकोत्सवको अवसरमा शुक्रवार एक कार्यक्रम गरी मनाएको छ । सो अवसरमा चैत ७ गतेदेखि १७ गतेसम्म विद्यार्थीलाई अंग्रेजी र जापानीज भाषा तयारी कक्षामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ । यसका साथै उक्त समयावधी भित्र संस्थाको
सेवा लिने विद्यार्थीलाई विशेष छुटका साथै विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको बुटवल शाखा प्रवन्धक नबिन भुसालले बताउनुभयो ।
समय सापेक्ष र सन्दर्भिक सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको यस संस्थाले स्थापनाको ९ वर्षको अवधिमा थप्रै आरोह र अवरोहहरू पार गर्दै विद्यार्थीलाई गुणस्तरीय र भरपर्दो सेवा उपलव्ध गरेको भुसालले बताउनुभयो ।
संस्थाका प्रवन्ध निर्देशक गोविन्द खनालले वैदेशिक शिक्षा अन्तर्गत अमेरिका, जापान, अष्ट्रेलिया, क्यानाडा, बेलायत, युएई लगायतका मुलुकमा शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउनुका साथै विद्यार्थी र अभिभावकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय सेवामा प्रतिवद्ध रहेको बताउनुभयो ।
साथै यस संस्थालाई विश्वास, माया, गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावकहरू प्रति धन्यवाद व्यक्त गर्दै आगमि दिनमा पनि यस्तै माया, सहयोग र हौसालाको अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ(इक्यान) रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे, उपाध्यक्ष राजेश पाण्डे, सचिव गोविन्द बस्नेत, अक्सफोर्ड स्कुल बुटवलका प्राचार्य दिनेश भुसाल,वेबस्टार युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा लगायतले शुभकामना दिनुभएको थियो ।
क्लिक इन्टरनेशनलले काठमाडौँ, बुटवल र कपिलवस्तुमा आफ्नो शाखा विस्तार गरेको छ । यसले विदेश अध्ययनमा जान चाहने विद्यार्थी जापानिज भाषाका साथै IELTS भाषाको शैक्षिक परामर्श सेवा उपलव्ध गराउनुका साथै सेमिनार, विभिन्न शैक्षिक संस्थाहरू बारे जानकारी, भिसा प्रोसेसिङका लागि सहजिकरण गर्दै आएको छ ।



