भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरुगरेको छ ।
नगरपालिकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आय बृद्धि गर्ने उदेश्यले बिउ बितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।
बजारमा पाईने कमसल खालका बिउ लगाउदाँ दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उनले बताए । कृषकको कृषि योग्य जमिनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागिएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागी कृषी सामग्री कम्पनी बाट आठ सय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैया पर्छ,भने यसमा नगरपालिकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।



