बुटवल । हाम्रो देश हामिले बनाउ, बोलेर होइन गरेर देखाउ भन्ने मुल नाराका साथ स्थापना गरिएको सामाजिक संस्थाले बुटवल देवीनगर स्थित नेपाल अपाङ्ग आश्रममा सहयोग प्रदान गरेको छ । शनिवार विहान आश्रममा आश्रित अपाङ्गता भएका मानिसहरुलाई आवश्यक पर्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा रुपन्देही मोर्डन इङ्गलिस एकेडेमीका प्राचार्य जिवनाथ पाण्डेले अपाङ्गता भएका व्यक्तिलाइ सहयोग, सदभाव, प्रेमको ब्यवहार गरिनुपर्ने र राज्यले उनीहरुको हेरचाह, संरक्षण, साथै समावेशी तथा दिगो भविष्यको पूर्वाधार निर्माण गर्दै अपाङ्गता भएका ब्यक्तिको प्रवल नेतृत्वको लागि पहलकदमी र विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
आश्रमका अध्यक्ष डोलबहादुर रामदामले अपांगता भएका व्यक्तिहरुलाई सम्झेर आश्रमलाई सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । फरक क्षमता भएका व्यक्तीहरुलाई आश्रय दिने उद्देश्यले आश्रम स्थापना भएको बताउँदै उहाँले यहाँ रहेकाहरुलाई क्षमताअनुसार सिपमुलक तालिम प्रदान गर्दै आएको बताउनुभयो । यस क्लवले अनुकरणीय काम गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।बिभिन्न संघसंस्था र व्यक्तीहरुको सहयोगले नै आश्रम सञ्चालन भइरहेको अध्यक्ष रामदामले बताउनुभयो । २०६८ सालमा स्थापना भएको आश्रममा अहिले ३६ जना व्यक्तीहरु आश्रीत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष अभिषेक चौधरीले आश्रमलाई आवश्यक पर्ने खाद्यान्न सामाग्री खरिद गर्नेको लागि सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुलाई विशेष धन्यवाद दिदै आफु पनि आगामी दिनमा पनि सामाजिक सेवामा थप समर्पित भएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
क्लवका पदाधिकारी, कार्यसमिति सदस्य, सामाजिक अभियान्त्तहरुको उपस्थितिमा अभिषेक चौधरीको अध्यक्षता, अमित कुमार गौडको स्वागत र श्रीकान्त गुप्ताको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।



