बुटवल । जन्मदिनको अवसरमा पछिल्लो समय सामाजिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्ने प्रचलन स्थापित हुँदै गएको छ । केही समय अघि सम्म पार्टी तथा रमाईलो गरी मनाउँदै आएको जन्मदिन मनाउने शैली परिवर्तन हुँदै गएको हो ।
यस्तै नेपाली काँग्र्रेस लुम्बिनी प्रदेश सदस्य शान्ति शर्माले जन्मदिनको अवसरमा गौशालाका गाईहरुको भेलि (गुड) खुवाउनु भएको छ । बुधवार परेको जन्मोत्सवको अवसर पारी रुपन्देहीको देवदहस्थित भुलहीमा रहेको कामधेनु गौशालाका गाईलाई गुड खुवाएर जन्म दिनमा मनाउनु भएको छ ।
शर्माले जन्मदिनको अवसरमा पार्टी गर्ने प्रचलन रहेको भन्दै भड्कीलो प्रचलनलाई सामाजिक सेवा तर्फ रुपान्तरण गर्नका गौशालालाई सहयोग गरेको बताउनुभयो । गौशालामा हाल ४ सय गाई रहेको छ । शर्मा राजनिति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ ।



