बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको तेस्रो बोडै बैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष देवीराम पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले क्लवले गत महिना र यस महिनाको हाल सम्मको अवधिमा गरेका विभिन्न कार्यक्रमको समिक्षा गरेको क्लवका प्रथम उपाध्यक्ष शंकर पाण्डेले जानकारी दिनु भयो ।
तिलोत्तमा नगरपालीका डाइभरटोल स्थित एस आर होटलमा सम्पन्न क्लवको तेस्रो बैठकले तनाव व्यवस्थान, बृक्षारोपण, तिज मिलन, क्लव एसेम्बली लगायतका कार्यक्रम क्लवले सफलता पुर्वक सम्पन्न गरेको समिक्षा गरेको छ । यस्तै क्लवले आगामी कार्ययोजना अनुसार महिला शसक्तिकरणका लागी प्रशिक्षण, रोटरी सदस्यका लागी व्यवस्थित बैठक संचालन सम्बन्धी तालीम र फरक क्षमता भएका व्यक्तिका लागी व्ह्लि च्यर वितरण गर्ने निर्णय गरिएको क्लवका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिनु भयो ।
क्लवका प्रथम उपाध्यक्ष शंकर पाण्डेको स्वागत तथा प्रेसिडेन्ट नोमिनी देवीलाल भट्टराईको धन्यवाद रहेको कार्यक्रममा सस्थापक अध्यक्ष डोलराज गैरे, पुर्व अध्यक्ष बालकृष्ण अर्याल, नविन श्रेष्ठ, बिष्णु प्रसाद भण्डारी लगायतले शुभकामना दिदै क्लवले यस रोटरी बर्ष रोटरी अन्तराष्ट्रियको बार्षिक क्यालेन्डर अनुसार रहेर कार्यक्रमहरु सफलता पुर्वक सम्पन्न गरेको भन्दै धन्यवाद दिनु भयो । क्लवका एडमिनिष्ट्रेसन च्यर राजु चौधरीको संचालनमा बैठक सम्पन्न भएको थियो ।



