बुटवल । बुटवल बहुमुखि क्याम्पसमा समाजशास्त्र स्नातकोत्तर विभागले सार्वजनिक समाजशास्त्र सम्मेलनको आयोजना गरेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालको आर्थिक सहयोगमा आयोजित कार्यक्रम ३ दिन सम्म चल्ने छ । मंगलवार बुटवल बहुमुखि क्याम्पसको पुस्तकालय हलमा आयोजना गरिएको कार्यक्रममा समाजशास्त्र स्नातकोत्तर विभाग विभागिय प्रमुख उप प्राध्यापक जिवनारायण अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उप प्राध्यापक जिवनारायण अधिकारीले प्रस्तुत गर्नुभएको सार्वजनिक समाजशास्त्रको अध्ययनले समाजशास्त्रिय मुद्दाहरुले समाज परिवर्तनमा पार्ने प्रभाव सम्बन्धी कार्यपत्र माथि सहभागिहरुले छलफल गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालले समाजमा रहेका विभिन्न समाजशास्त्रिय मुद्दाहरुको बारेमा सवैले अध्ययन गर्नुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक समाजशास्त्रको अध्ययनले समाजलाई सहि तरिकाले अगाडि लैजानमा सहयोग पु¥याउने बताउनु भयो ।
कार्यक्रममा त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका विभागिय प्रमुख टेकराज पंथी, बुटवल बहुमुखि क्याम्पस समाजशास्त्र स्नातकोत्तर विभागका प्राध्यापक सिताराम भट्टराई, लेखनाथ खनाल,केशवराज भट्टराई ,गोपाल भण्डारी लगायतले यस्ता कार्यक्रमले विभिन्न समसामयिक समाजशास्त्रीय मुद्दाहरूको अध्ययनले आधुनिक समाजको विकासमा अतुलनीय योगदान गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरु, प्राध्यापक , विभिन्न क्षेत्रमा कार्यरत सामाजिक व्यक्तित्व लगायतको उपस्थिती रहेको थियो ।



