बुटवल । रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले समृद्धि र विकासको लागि अवका दिनमा युवाको पालो आएको बताएका छन् । शनिवार तिलोत्तमा वडा नम्बर ३ को घर दैलो कार्यक्रम पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै केसीले विकास र समृद्धीका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुदाँ हुदै पनि हरेक क्षेत्रमा बृद्ध नेतृत्वको कमजोरीले हामी पछि परिरहेको बताए । बिकसित देशहरुमा युवाहरुले देश चलाउछन् बृद्धहरुलाई पेन्सन दिन्छन् । एमाले उम्मेद्वार लिला गिरीको पनि बृद्ध भत्ता खाने उमेर भएकाले अव मलाई समर्थन गरेर आराम गर्न आग्रह गरेका छन् ।
तिलोत्तमाको ड्राईभरटोल–डिंगरनगर जाने सडकको ढल तथा नाली व्यवस्थित गर्ने, ड्राईभरटोलदेखि दक्षिण पुरानो सडकमा ढल निकाससहित सडक स्तरोन्नती, ड्राईभरटोलदेखि १० नं. चोक १२ नं. हुदैं कुञ्जलापुर चोकवाट करौजियासम्म ढल निकास सहितको सडक स्तरोन्नती, तिनाउ कोरिडोर निर्माण गरी वैकल्पिक मार्गको रुपमा विकास, नया मिलदेखि मोतीपुर जोड्ने सडकमा तीनाउ नदीमा पुल निर्माण गर्न मेरो पहिलो प्राथमिकता रहेको उनले बताए ।
स्थानीय तहमा हुने गरेका समस्याहरुलाई सरकार निर्माण हुन साथ सुरु गर्ने बताए । उनले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । उनले सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समाधान नेपाली काँग्रेस सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । काँग्रेस नेतृत्वको सरकारले भुमि आयोग गठन गरेर लालपूर्जा वितरण कार्य भइरहेको तर निर्वाचन आचार संहिताले गर्दा वितरण रोकिएको बताए । तिलोत्तमा वडा नंं ३ मा धेरै सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या रहेकोले यसको समाधान निर्वाचन लगतै समाधान हुने प्रतिवद्धता जनाएका थिए ।



