बुटवल । बीमा भविष्यमा हुन सक्ने जोखिम र क्षतिबाट आर्थिक सुरक्षा दिने व्यवस्था हो । यसले मानिस र संस्थालाई दुर्घटना, रोग वा प्राकृतिक विपत्तिबाट हुने नोक्सानी कम गर्न मद्दत गर्छ । बीमामा बीमित व्यक्तिले निश्चित रकम प्रिमियमका रूपमा तिर्छ । बीमा कम्पनीले सम्झौता अनुसार क्षतिपूर्ति प्रदान गर्छ । यसरी बीमाले आर्थिक सुरक्षा र मानसिक शान्ति प्रदान गर्छ ।
सामान्यतया निर्जीवन बिमा भन्नाले सम्पत्तीको सुरक्षा अर्थात जसले सम्पत्ति सवारी साधन स्वास्थ्य व्यवसाय वा दायित्व बाट हुने आर्थिक क्षतिमा क्षतिपुर्ति प्रदान गर्छ । अनिश्चितताको जोखीम बहन भन्ने पनि बुझिन्छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा, १४ वटा जिवन बीमा , २ वटा रि इन्स्योरेन्स र लघु जिवनबीमा अन्र्तगत३ वटा र लघु निर्जीवन बीमा अन्र्तगत४ रहेका छन ।
अन्डरराईटिङ्ग जोखिम मुल्याङ्गन गरेर सहि सर्त कभरेज र प्रिमियम निर्धारण गर्नु हो । जोखिम मुल्याङ्गन गर्ने यसमा जोखिम मुल्याङ्गकनमा बजार बिभाग बाट भरेर ल्याईएको प्रस्ताव फारम राम्ररी अध्ययन गर्नु र सोहि बमोजीम बिमालेख जारी गर्नू हो । बिमीतको बस्तु तथा सम्पत्तीको अवस्थाको त्यसको प्रयोग र स्थानको मुल्याङ्गन गर्ने अनिमात्र सोही अनुसार बिमालेख जारी गर्ने बिगतको दाबी हेर्ने अनिमात्र बिमालेख जारी गर्ने । मोरल हाजार्ड र फिजिकल हाजार्डको राम्रो संग पहिचानगर्नु मोरल हाजार्ड भन्नाले व्यक्तिगत व्यवहार र नियत,लापर वाही वा बेईमानीर मनिसको बानी ले जोखिम बढ्नु भन्ने बुझिन्छ भने फिजिकल हाजार्ड भन्नाले भैतिक अवस्था र स्थान, कमजोर संरचना , बस्तुको अवस्थाले जोखिम बढ्नुभन्ने बुझिन्छ । यिनी कुराको अन्डरराईटिङ्गले पहिचान गरेर मात्रबिमालेख जारी गर्नु पर्छ ।
बजार बिभागका कर्मचारी ले बीमागर्नु पर्ने सम्पत्तीको प्रपोजल तथा केवाईसि अनुसार बीमागर्नु पर्ने सम्पत्तीकुन बर्ग वाश्रेणी मा पर्दछ सो को आधारमा प्रिमीयमको दर प्राधिकरणले निर्धारण गरे बमोजीम बिमालेख जारी गर्नुपर्ने हुन्छ । कभरेज सर्त निर्धारण यसमा आवश्यकता अनुसार समापुष्टि तथा वारेन्टी थपघट गर्ने सक्ने छ । अन्डरराईटिङ्गले बिमालेखको डिडक्टीयबल र एक्सीस समेत तयार गर्नुपर्ने हुन्छ । इन्पेक्सन वा सर्वेर समन्वयन आवश्यकता अनुसार प्रि इन्फेक्सन वा सर्वेर दाबी बिभाग संग समन्वय गरी सर्वेर खटाउने कार्य गर्नुपर्ने छ ।
अन्डरराईटिङ्ग कर्मचारीले रि इन्स्योरेस संग समन्वयगर्ने कम्पनीको बीमाकम्पनीले पुनर्बीमान गरी आफैले बहन गर्न सक्ने अधिकतम जोखिमको सीमा कति छ । सो को अनुसार जोखिम बाँडफाँड गर्ने । वैकल्पिक वा पुनर्बीमाको व्यवस्था मिलाउनु र पुनर्बीमाकम्पनी सँग जोखिम सम्बन्धी जानकारी साझा गर्नु बीमाकम्पनीले आगलागी, मोटर, समुद्री, इन्जिनियरिङ् जस्ता गैर–जीवन बीमामा समावेश जोखिम मध्ये कति भाग आफैं राख्ने र कति भाग पुन र्बीमामा दिने भन्ने तय गर्नु हो। यस क्रममा जोखिमको प्रकार, बीमित रकम, स्थान, सम्भावितक्ष् ाति, र अघिल्लो दाबी विवरण जस्ता जानकारी पुनर्बीमाकम्पनीलाई उपलब्ध गराइन्छ ।जसले ठूलो जोखिमबाट हुन सक्ने आर्थिक नोक्सानी कम गरी बीमा कम्पनीको वित्तीय स्थायित्व कायम गर्न मद्दत गर्छ। यहाँ रि इन्स्योरेन्स भन्नाले बिमा कम्पनी आफैले सम्पुर्ण जोखिम बोक्न नसक्ने वा ठुलो जोखिम भएमा अर्को बीमा कम्पनीलाई बाडफाड गर्ने प्रक्रियालाई रि इन्स्योरेन्स भनिन्छ ।
अन्डरराईटिङ्गले बिमालेख जारी गर्दा आवश्यक कागजात तथा ग्राहक पहिचान ( के.वाई सि ) प्रस्ताव फारम पुरा भएको अवस्थामा बिमालेख जारी गर्ने अन्यथा बिमालेख जारी गर्नु हुदैन । दाबी बिभाग संग समन्वय गर्नेशाखामा आएका दाबी फाईल संग सम्बन्धी जानकारी तथा कागजपत्रहरु दाबीबिभाग संग समन्वयगरि दाबी प्रक्रियामा सहजीकरण गरिदिने गर्नुपर्छ । बीमा ऐन २०७९ र बिमा नियमवाली पालना गर्ने नेपाल बिमा प्राधिकरणको निती ,नियम पालना गर्नुपर्छ र बजार बिभागका कर्मचारीले ल्याएको बीमाको रिक्सहरु टेक्नीकल रुपमा अध्ययन गर्ने बजार बिभागका कर्मचारीलाई प्राधिकरणको दर र नियमको बारेमा जानकारी दिने शाखाका कर्मचारी लाई अन्डरराईटिङ्ग संग सम्बन्धी कुराहरुको बारेमा जानकारी गराउनु नै अन्डरराईटिङ्गको काम, कर्तव्य बुझिन्छ ।



