३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।
‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोंचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिनेछ प्रमुख पाण्डेयले बताउनुभयो ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।
नगर प्रमुख पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । यस्तै, बुटवल १३ र १७ मा १५।१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, जेष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताउनुभयो । बुटवलमा इरिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति बुटवलले ल्याएको छ ।
लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ ।
उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने भनिएको छ ।
बुटवलको मुख्य सडकक्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारणगरिने नगर प्रमुखले बताउनुभयो । बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने,सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालनगर्ने कार्यक्रम बुटवलले अगाडि सारेको छ ।
विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
‘मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ग्रीन एण्ड क्लिन सिटी बनाउन टोलविकास संस्थालाई परिचालन गरी नगरलाई सफा र सुन्दर बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने आकर्षक कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
विद्यार्थीहरुलक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिममा रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने कार्यक्रम समेटिएका छन् ।
नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुर्ने तीब्र सेवाका लागि नगरप्रमुख पूर्वाधार एम्बुलेन्स, तिनाउ सभ्यतालाई प्रवद्र्धन गर्न तिनाउ नदीमा आरती केन्द्र स्थापना गर्ने, जितगढी किल्लाको संरक्षण गर्दै जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने कार्यक्रमहरुले स्थान पाएका छन् ।
यस्तै, छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पूर्ण पाठ
‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’
बुटवल उपमहानगरपालिका
नगर सभाको १३औं अधिवेशनमा
नगरप्रमुख श्री खेलराज पाण्डेयद्वारा
प्रस्तुत
नीति तथा कार्यक्रम२०८० असार ७ गते बिहीबार
बुटवल, रुपन्देहीनगरसभाका उपाध्यक्षज्यू,
नगरसभाकासचिवज्यू,
नगरसभा सदस्यज्यूहरु,
बैठकलाई व्यवस्थित बनाउन खटिएका राष्ट्रसेवक कर्मचारीहरु,
र, पत्रकार एवम् सञ्चारकर्मी मित्रहरु ।स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भई नगर प्रमुखको हैसियतले बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ ।
२०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नुहुने आदरणीय बुटवलबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीलगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
यस अवसरमा म नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र परिवर्तनका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
साथै, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने श्रद्धेय नेताहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।
हामीले निर्वाचित भएर कार्यभार सम्हालेको एक वर्ष अवधि पूरा गरी दोश्रो वर्षमा प्रवेश गर्दैछौं । हामीले यसक्रममा लिएका नीतिगत तथा सुधारात्मक उपायको परिणामस्वरुप सकारात्मक नतिजा देखिन थालेको छ । कार्यभार सम्हालेको एक वर्षमा प्राप्त उपलब्धिहरुले हामीलाई उत्साहित बनाएको छ । बुटवलको समग्र विकासमा योगदान पुग्ने गरी हामीले तय गरेका नीतिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको यहाँहरुलाई विदितै छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने मूल नीति र स्पष्ट मार्गचित्रका आधारमा बुटवल अगाडि बढिरहेको छ ।
बुटवलको विकास, सुधार र समृद्धिका लागि नेपालको संविधान तथा संघीय, प्रदेश र स्थानीय कानुनद्वारा प्रदत्त हक अधिकारको प्रचलन गर्न तथा कानुनतः निर्देशित काम, कर्तव्य र दायित्व निर्वाह गर्न हामी प्रतिबद्ध छौं । स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ ।
आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ । जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवद्र्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु ।
आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम बुटवल नगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्ध महानुभावहरुको सहयोग, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु ।उपस्थित नगर सभा सदस्यज्यूहरु,
करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको जितगढी किल्ला, पाल्पाली सेनवंशीय राज्यको ग्रीष्मकालीन दरबार रहेको बुटवल–प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रुपमा रहेको छ । विगतमा पहाडबाट घिउ ल्याएर नुन, तेल र कपडा लिएर जाने त्यसबेलाको सानो बटौली बजार अहिले देशकै समृद्ध शहरमध्येको एक शहर बनेको छ ।
कोभिड–१९ को महामारी, आर्थिक मन्दी र प्रदेशको राजधानी सारेपछि राजनीतिक निर्णयको अन्यायमा परेको बुटवल यी र यस्ता अनेकन चुनौतीहरुको सामना गर्दै अगाडि बढिरहेको छ । परिवर्तनका हरेक आन्दोलनमा अगुवाई गरेको बुटवल यहाँका जनता, राजनीतिक दल र तिनका नेतृत्व, पूर्व जनप्रतिनिधिहरु, समाजसेवी, उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्वहरुको सहभागिता र सहकार्यले देशकै अग्रणी शहर बन्दैछ ।
स्थानीय निर्वाचनमा बुटवलबासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिदै बुटवलबासी र बुटवलको हितलाई सर्वोपरि मानी अन्तरआत्मादेखि नै निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु ।
उपस्थित उपाध्यक्ष र सभाका सदस्यज्यूहरु,
हामी निर्वाचित भई २०७९ जेठ ९ गते पदबहाली गरेपश्चात् आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्दै आर्थिक वर्षको अन्त्यमा आइपुगेका छौं । यो आर्थिक वर्षमा हामीले लिएका नीतिका कारण नगरका हरेक क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । यो एक वर्षको अवधिमा बुटवलको विकासमा महत्वपूर्ण मानिने कार्यहरुको थालनी भएको छ । साथै, संघ र प्रदेश सरकारसँगको सहकार्य र समन्वयले नगरको उन्नयनमा सकारात्मक उपलब्धि हासिल भएको छ ।
म यस अवसरमा बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा हासिल गरेका कार्यप्रगति तथा समीक्षा यहाँहरूसमक्ष संक्षिप्तमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रमको समीक्षा
ड्ड बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।
ड्ड सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई ३०० बेडमा स्तरोन्नति गर्दैै पारा मेडिकलतर्फ पीसीएल नर्सिङ, फार्मेसी र एचए विषय अध्ययनका लागि आगामी भदौदेखि भर्ना आरम्भ गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।
ड्ड लामो समयदेखि अलमलमा रहेको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्न ड्रोन प्रविधिबाट नापजाँच गरी औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढेको छ ।
ड्ड बुटवल शहरलाई कुरुप बनाउने गरी टेलिफोन, केवल लगायतका अव्यवस्थित रुपमा रहेका तारहरु हटाउने कार्य निरन्तर भइरहेको छ ।
ड्ड सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएका छन् भने व्यक्तिका नाममा दर्ता भएका सार्वजनिक जग्गा नगरकै मातहतमा फिर्ता ल्याइएकोछ ।
ड्ड सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न कार्यविधि बनाई कार्यारम्भ भएको छ ।
ड्ड इजाजत प्राप्त नगरेका ई–रिक्सा र टेम्पो सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा र टेम्पोलाई नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
ड्ड सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ ।
ड्ड बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत दुई हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम कार्यान्वयन गरिएको छ ।
ड्ड यस्तै, उज्यालो बुटवल अभियान अन्तरगत उच्च क्षमताका (हाइमास्ट) लाईट जडान गर्ने, बुटवल–१५ मा आधुनिक कृषि बजार केन्द्र स्थापना गर्ने, बुटवल–१२ मा राष्ट्रिय सूचना केन्द्र, बुटवल–७ मा हरियाली बसपार्क निर्माण गर्ने, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भ गर्ने, बुटवल–१५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापना गर्ने र अव्यवस्थित बसोबासी क्षेत्रमा जग्गा नापजाँच र लालपूर्जा वितरणजस्ता कार्य प्राथमिकताका साथ अगाडि बढाइएको व्यहोरा म यहाँहरुसमक्ष प्रस्तुत गर्न चाहन्छु ।उपस्थित उपाध्यक्ष र सभाका सदस्यज्यूहरु,
अब म आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।दीर्घकालीन सोंच तथा रणनीतिहरु
बुटवल उपमहानगरपालिकाको दीर्घकालीन सोंच ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ रहेको छ । यस सोंचलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरु अबलम्बन गरिनेछन् ।
१. बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने ।
२. उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने ।
३. शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने ।
४. आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने ।
५. सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने ।आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएका विषयगत नीतिहरु
स्थानीय सेवा, जनशक्ति विकास, व्यवस्थापन तथा सुशासन प्रवद्र्धन
१. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम आवश्यक थप ऐन कानूनहरु सरोकारवाला र विज्ञ समेतको राय परामर्शमा तर्जुमागर्ने र आवश्यकता अनुसार परिमार्जन गरिनेछ ।
२. कार्यालयको संगठनलाई अनुशासित, मर्यादित तथा जवाफदेही, मितव्ययी, कार्यकुशल र चुस्त दुरुस्त राख्न कर्मचारीको क्षमता र क्रियाशीलताका आधारमा व्यवस्थित गर्दै गुण र दोषअनुसार पुरस्कृत र दण्डित गर्ने व्यवस्था गरिनेछ । सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट सिर्जना गर्ने कर्मचारीलाई जवाफदेही बनाउदै आवश्यकताअनुसार जिम्मेवारी हेरफेरको नीति अबलम्बन गरिनेछ ।
३. कर्मचारीहरुलाई थप जिम्मेवार र जवाफदेही बनाउन आफुले सम्पादन गरेको काम कारबाहीहरुको स्वमूल्यांकन समेत हुनेगरी मासिक कार्य प्रगति रिपोर्ट कार्यालय प्रमुख समक्ष र कार्यालय प्रमुखमार्फत नगरप्रमुखसमक्ष पेश गर्ने व्यवस्था मिलाईनेछ ।
४. राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न नगरसँगको भगिनी सम्बन्ध कायम गर्दै ज्ञान, सीप, पूँजी र प्रविधिलाई सामाजिक, आर्थिक, मानव संशाधन तथा भौतिक विकासमा उपयोग गर्न प्रोत्साहित गर्नेतर्फ जोड दिईनेछ ।
५. वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझै व्यवस्थित गर्न स्रोत, साधन र पर्याप्त जनशक्तिको व्यवस्था गरी पारदर्शी एवं सेवाग्राहीमैत्री बनाईनेछ ।
६. उपमहानगरपालिकाबाट प्रदान हुने सेवा प्रवाहलाई सरल, सहज र गुनासो रहित बनाउन नयाँ कार्ययोजनाका साथ कार्यसम्पादन प्रणाली व्यवस्थित गर्दै डिजिटल प्रणालीबाट सञ्चालन गरिनेछ ।
७. वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई व्यवस्थित बनाउनका लागि समसामयिक विषयमा छलफल गर्ने गरी प्रत्येक महिना १÷१ वडा कार्यालयहरुको अनुगमनको व्यवस्थापन मिलाईनेछ ।
८. बुटवल उपमहानगर क्षेत्रभित्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न नगरप्रहरी तथा वारुणयन्त्रतर्फको जनशक्तिलाई चुस्त दुरुस्त र स्रोत साधन सहित प्रविधियुक्त बनाइनेछ ।
९. नगरकार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई, सेवाग्राही सन्तुष्टि सर्वेक्षण, सुझाव संकलनजस्ता जनतासँगका छलफल र अन्तरक्रियालाई थप व्यवस्थित र नियमित बनाइनेछ ।
१०. नगरभित्र संघ र प्रदेश सरकार वा संघसंस्थाले गर्ने योजना तथा कार्यक्रमको अनुगमन, नियमन र समन्वय गर्ने कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
११. भ्रष्टाचार शुन्य सहनशिलताको नीति अवलम्बन गरी सुशासन कायम राखिनेछ ।
१२. सुरक्षा व्यवस्था कायम गर्न आवश्यकतानुसार थप प्रहरी चौकी स्थापना गर्न पहल गरिनेछ ।
१३. राजनीतिक दल, पूर्व प्रमुख तथा प्रमुखका उपबिजेताहरुसँग नियमित भेट तथा अनुभव आदानप्रदान गर्ने र विकासका साझा सवालमा समन्वय र सहकार्य गरिनेछ ।
१४. बुटवल उपमहानगरपालिकाका हरेक कार्यक्रम मितव्ययी ढंगले सञ्चालन गर्न सभाहल, पाहुनाघर र चमेनागृहलाई थप व्यवस्थित गरिनेछ ।
१५. वडास्तरका योजना तथा कार्यक्रमको कार्यसम्पादन गर्ने, अनुगमन गर्ने, मूल्यांकन गर्ने जस्ता कार्य वडाबाटै गर्ने र नगरस्तरीय योजना तथा कार्यक्रमको स्वामित्व वडामा रहने व्यवस्था मिलाइनेछ ।
१६. उपमहानगरपालिकाबाट प्रवाह भएका सेवा र गतिविधिका बारेमा नगरवासी र नगर प्रमुखबीच आधुनिक प्रविधिको उपयोग गरी सूचना आदान प्रदान तथा प्रश्नोत्तर गर्ने नीति लिइनेछ ।
१७. नगरस्तरीय बजेट नगरप्रमुखको सिफारिशबाट मात्रै आवश्यकता र प्राथमिकताका आधारमा संसोधन गर्ने नीति अबलम्बन गरिनेछ ।
१८. बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुको सुविधालाई समयसापेक्ष बनाउँदै प्रोत्साहित र उत्प्रेरित गरिनेछ ।
१९. बुटवल उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी र कार्यालय सहयोगी जस्ता विभिन्न पदका करारका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई आवश्यक सुविधा उपलब्ध गराउने नीति अबलम्बन गरिनेछ ।कानून, न्याय तथा मानव अधिकार प्रवद्र्धन
२०. बुटवल उपमहानगरपालिकामा रहेको न्यायिक समितिको प्रयास र आपसी समझदारीमा मेलमिलापको माध्यमबाट विवाद निरुपण गराई विवादित पक्षहरुबीच सामाजिक सद्भाव र सहिष्णुता कायम राखिने छ ।
२१. न्यायमा सर्वसाधारणको पहँुच वृद्धि गर्न र विवादरहित, हिसांरहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना गरिनेछ ।
२२. योग्यता र सक्रियताका आधारमा आवश्यकताअनुसार मेलमिलापकर्ताहरुको पुनरावलोकन गरी नगरप्रमुख र उपप्रमुखको परामर्शमा नयाँ मेलमिलापकर्ताहरु थप गरिनेछ ।
सूचना तथा सञ्चार प्रविधि
२३. उपमहानगरपालिका सम्बद्ध सूचना तथा तथ्यांकलाई एकीकृत र व्यवस्थित गर्न डाटा बैंकको स्थापना गरिनेछ ।
२४. सार्वजनिक सेवाप्रवाहलाई सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।
२५. संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन गर्न तथा प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्न स्थानीय स्तरमा सञ्चारक्षेत्रको उन्नयनमा जोड दिइनेछ ।
२६. जनतालाई सुसूचित गर्न नगरका गतिविधि समेटेर प्रकाशन हुने मुखपत्रलाई नियमित र डिजिटल बनाउने नीति लिइनेछ ।
२७. सञ्चार माध्यमको दर्ता तथा सूचीकृत गर्दै आवश्यक नियमन तथा व्यवस्थापन गर्नका लागि सञ्चार नीति तथा ऐन तर्जुमा गरिनेछ ।
२८. संघ र प्रदेशमा दर्ता भई नगरभित्र सञ्चालनमा रहेका रेडियो, छापा, पत्रपत्रिका, टेलिभिजन, अनलाईन सञ्चार माध्यम, विज्ञापन एजेन्सी जस्ता सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संस्थाहरुलाई नगरमा सूचीकृत गरी प्रोत्साहन गर्ने नीति लिइनेछ ।
२९. नगरको विविध क्षेत्रको प्रवद्र्धनका लागि पुस्तक, वृत्तचित्र, गीतसंगीत र चलचित्र निर्मातालाई सामग्री उत्पादनमा प्रोत्साहित गरिने छ ।
३०. नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार फ्री वाईफाई र आइपीटीभी जडान गरिनेछ ।
३१. सूचना प्रविधिको प्रयोगबाट जनतामा सूचनाको पहुँच बढाउन वेबसाइट, मोबाइल एप, डिजिटल डिस्प्ले र च्याटबट निर्माण तथा उपयोगलाई अझ बढी प्रभावकारी बनाइनेछ ।
३२. जातीय पहिचानका भाषा, साहित्य, धर्म, कला, संस्कृति, ऐतिहासिकता लगायतको पहिचानलाई प्रवद्र्धन गर्ने खालका सामग्री उत्पादन तथा वितरणमा सुविधा तथा सहुलियत उपलब्ध गराइनेछ ।
३३. नगरको सौन्दर्यलाई कायम राख्दै विभिन्न स्थानमा होर्डिङ बोर्ड, विद्युतीय डिस्प्ले, विज्ञापन टावर, भित्ते लेखन र उच्च बेलुन जस्ता बाह्य विज्ञापन प्रदर्शन गर्न, राख्न वा जडान गर्न अनुमति दिदै विज्ञापन नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
३४. नगरभित्र कार्यालय स्थापना गरी सञ्चालन हुने केवल टेलिभिजन, इन्टरनेट सेवाजस्ता सबै प्रकारका सञ्चार सेवा प्रदायक संस्थाहरुलाई दर्ता, सूचीकृत र नियमन गर्ने नीति लिई सार्वजनिक स्थल कुरुप देखिने गरी राखिएका अनावश्यक तारहरु वडास्तरबाटै नियमन गरी हटाइनेछ ।
३५. नगरभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गरी प्रोत्साहन गरिनेछ ।
३६. सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३७. सबै वडाहरुमा नेपाल टेलिकम तथा सेवाप्रदायक संस्थाहरुसँगको सहकार्यमा सूचना तथा सञ्चारको पहुँच विस्तार गरिनेछ । फाइबर केबल नपुगेका वडाहरुमा फाइबर केबल पु¥याउनका लागि सेवा प्रदायकसंस्थासँग पहल गरिनेछ ।
३८. जनप्रतिनिधि, कर्मचारी तथा आवश्यकताअनुसारका क्षेत्र पहिचान गरी आधुनिक प्रविधिको उपयोगिताबारे क्षमता विकास गरिनेछ ।राजश्व श्रोत परिचालन तथा वित्त व्यवस्थापन
३९. “समयमै कर शुल्क भुक्तान गरी नगरको विकास निर्माणमा सहभागी बनौ, समयमै कर तिर्नु नागरिकको दायित्व मात्र होईन, सम्मान पाउने अवसर पनि हो” भन्ने भावना जगाउन करदाता सम्मानजस्ता प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
४०. नगरक्षेत्रभित्र सञ्चालन भएका सबै प्रकारका व्यवसायहरुको दर्ता एवं नवीकरणलाई अनिवार्य गर्न अभियान सञ्चालन गरी करको दायरामा ल्याइनेछ ।
४१. विभिन्न कारणले नगरवासीको दैनिक जीवनमा परेको आर्थिक असरलाई मध्यनजर गरी तोकिएको समयावधि भित्र कर दाखिला गर्ने करदाताहरूलाई करमा छुट प्रदान गरिनेछ ।
४२. अव्यवस्थित रूपमा छरिएका ठेला गाडीलाई रात्रीकालीन बजारमा घुम्ती रेष्टुरेण्टका रुपमा सञ्चालन गर्ने नीति लिई सबै प्रकारका गाडीहरु, साइकल, डोका, पोका, झोलाजस्ता साना खुद्रा व्यवसायीहरूलाई करको दायरामा ल्याइनेछ ।
४३. भूमिकर, सम्पत्ति कर, पेशा व्यवसाय कर र घरजग्गा बहाल कर लगायतका विभिन्न कर, शुल्क, दस्तुर सफ्टवेयरको माध्यमबाट वडाबाटै असुली भईरहेकोमा सो कार्यलाई थप व्यवस्थित गर्दै करदातामैत्री, प्रविधिमैत्री र प्रभावकारी बनाइने छ ।
४४. विज्ञापन तथा मनोरञ्जन करजस्ता नयाँ करका क्षेत्रहरूको पहिचान गर्दै करको दायरामा ल्याइनेछ ।
४५. राजश्वसँग सम्बन्धित कर्मचारीहरूको क्षमता विकास गरी राजश्व प्रशासनलाई सरल, सहज र प्रविधियुक्त बनाईनेछ ।
४६. आय ठेक्का मार्फत् सटर बहालमा लिएका व्यवसायीहरूको ठेक्का सम्झौता भएबमोजिम ६ महिनासम्मको बक्यौता राखी भुक्तानी नगर्ने व्यवसायीहरूको सम्झौता रद्द गर्ने र सटर बन्द गर्ने प्रक्रिया अवलम्बन गरी असुल उपर गर्न बाँकी बहाल असुलीका लागि कानुनी प्रक्रिया अपनाईनेछ ।
४७. ईरिक्सा र टेम्पुको नवीकरण र रूट ईजाजत दिने प्रक्रियालाई थप व्यवस्थित र नियमन गर्दै वार्षिक रुट इजाजत दस्तुरलाई परिमार्जन गरिनेछ । आवश्यकताअनुसार थप रूट निर्धारण गरी उपयुक्त भाडादर कायम गरिनेछ ।
४८. एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइनेछ ।
४९. आफै वा सगोल (एकाघर सदस्य) ले नगरपालिकालाई बुझाउनुपर्ने कर, शुल्क, दस्तुर समयमा भुक्तान नगरी बक्यौता राख्ने करदातालाई प्रदान गरिने कुनैपनि सिफारिश, सेवा, सुविधा रोक्का गर्न सकिने व्यवस्था मिलाइनेछ । साथै, सिफारिस दिनु पूर्व कर, शुल्क, दस्तुर बुझाउन प्रेरित गर्दै आफ्नो घर÷जग्गामा उद्योग व्यवसाय सञ्चालन गर्न बहालमा दिएमा उक्त व्यवसायको दर्ता एवं नवीकरण अनिवार्य गर्न लगाई घर÷जग्गाधनीलाई सिफारिस प्रदान गरिनेछ ।
५०. योजनाहरूको सम्झौता गर्नु अगावै उपभोक्ता समितिका पदाधिकारीहरू र योजनाबाट लाभान्वित उपभोक्ताहरूलाई आफूले बुझाउनु पर्ने बक्यौता भूमिकर, सम्पत्तिकर, व्यवसाय कर र बहालकर चुक्ता गर्न अनिवार्य गरिनेछ ।
५१. नगरको स्वामित्व, संरक्षण वा भोगाधिकारमा रहेकोे भवन, जग्गा जमिन, हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रूपमा परिचालन गरिनेछ ।
५२. नदीजन्य पदार्थ, ढुंगा, माटो, खनिज, वनजन्य लगायतका प्राकृतिक श्रोतहरुको विधिसम्मत अधिकतम उपयोग गरी आयश्रोत वृद्धि गरिनेछ । अवैध चोरी निकासी गर्ने र दोहन गर्ने कार्यलाई कडाई गरिनेछ । नगरको सीमासम्बन्धी अलमल भएका स्थानहरुमा आवश्यकताअनुसार समन्वय गरी समाधान गरिनेछ ।५३. नगरको विकास निर्माण तथा सेवा सुविधा प्रवाह गर्न आवश्यक पर्ने वित्तीय श्रोतको कमीलाई पूर्ति गर्न संघीय सरकार, प्रदेश सरकार, विकास साझेदार तथा संघ–संस्था र निजी क्षेत्र एवं नागरिक समाज लगायत सबै सम्भाव्य आन्तरिक एवं बाह्य क्षेत्रसँग समन्वय र सहकार्य गरी श्रोतको अधिकतम परिचालन गरिनेछ ।
५४. विद्युतीय भुक्तानी प्रणाली तथा विद्युतीय भुक्तानी हस्तान्तरणलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै करदातालाई विद्युतीय माध्यमबाट कर तिर्ने बानीको विकास गर्दै लगिनेछ ।
५५. नगर क्षेत्रभित्र सञ्चालन भएका हाटबजारहरूको पूर्वाधार विकास र सुदृढीकरण गरिनेछ ।
५६. उपमहानगरपालिका क्षेत्रभित्र रहेको अव्यवस्थित बसोबास क्षेत्रमा आधारभूत सेवाप्रवाहलाई थप व्यवस्थित गर्न विगतदेखि नै त्यस्ता अव्यवस्थित बसोवास क्षेत्रमा बहाल बिटौरी र उक्त क्षेत्रमा निर्मित संरचनामा गरिने पेशा व्यवसायमा व्यवसाय कर र संरचना बहालमा बहाल कर असुली गर्ने नीति अबलम्बन गर्दै करको दायरामा ल्याइनेछ ।
५७. आन्तरिक खर्च नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाइ भुक्तानी सन्तुलन कायम राखिनेछ ।
५८. राजश्व परिचालन गर्दा सार्वजनिक निजी साझेदारी अवधारणालाई प्राथमिकता दिईनेछ ।
५९. राजश्वका सबै सम्भाव्य श्रोतहरूको पहिचान गर्न सम्भाव्यता अध्ययन गरी अधिकतम परिचालन गरिनेछ । एजुकेशन कन्सल्टेन्सी, वैदेशिक रोजगार व्यवसाय, संघ र प्रदेशमा दर्ता भएका सहकारीहरुजस्ता विभिन्न क्षेत्रका व्यवसायलाई सूचीकृत हुन अनिवार्य गर्दै नियमन गरिने छ ।
६०. लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकसित गरिनेछ ।
६१. मुख्य बजार क्षेत्रका व्यवसायीहरूलाई स्थायित्व एवं दिगो बनाई राख्न व्यवसायिक संघसंस्थाहरूको सहकार्य र समन्वयमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम लागू गरिने छ ।
६२. बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरी आवश्यकता अनुसार स–साना पार्क र पार्किङ क्षेत्रहरु निर्माण गरिनेछ ।
६३. सडकक्षेत्रमा सवारी साधन पार्किङ गर्ने परिपाटीलाई निरूत्साहित गर्दै निजी र सार्वजनिक जग्गाको खोजी गरी स–शुल्क पार्किङ स्थल बनाउन पहल गरिनेछ । वडा नंं १ देखि ११ सम्मका खाली जग्गाहरुलाई सम्बन्धित जग्गाधनी, संघसंस्थासँग समन्वय गरी पार्किङ क्षेत्रको रुपमा प्रयोग गरिनेछ ।
६४. व्यावसायिक संघ संस्थाहरू मातहतमा
