बुटवल । बुटवलमा आज मिडिया कप फुटसल प्रतियोगिता हुदै छ । रुपन्देहीका विभिन्न सञ्चारगृह तथा पत्रकार बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको हो । बुटवल उपमहानगरपालिका ११ देविनगरमा रहेको ग्रिन फिल्ड फुटसल मैदानमा बुद्ध सञ्चार गु्रप प्रा.लि. द्वारा सञ्चालित लुम्बिनी अपडेट्स कमको आयोजनामा ‘प्रथम क्लिक इन्टरनेशलन मिडिया कप फुटसल प्रतियोगिता –२०८० हुने भएको हो ।
प्रतियोगितालाई क्लिक इन्टरनेशलन एजुकेशनले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने मिडियाका अध्यक्ष गोविन्द बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च हुने उहाँले बताउनुभयो । प्रतियोगितामा जिल्लाका ८ वटा विभिन्न मिडिया हाउसका पत्रकारहरुको टिमले भाग लिएका छन । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।



