बुटवल । बुटवल ९ आई.सि.आई पथमा अवस्थित पानासिया एजुकेशन कन्सलटेन्सिले जापानिमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । सन २०२४ अप्रिल इन्टेकमा जापान जान लागेका विद्यार्थीहरुलाई शनिवार बुटवलमा एक कार्यक्रमका बिच विदाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइयो) रामजि केसीले पानासिया एजुकेशन कन्सलटेन्सि जापानमा उच्च शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउनुका साथै विद्यार्थी र अभिभावकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय सेवामा प्रतिवद्ध रहेको बताउनुभयो ।
पानासिया नितान्त विधार्थीहरुको रुचि र चाहाना अनुसार अगाडी बढाएको भन्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले संस्थालाई विश्वास, माया, गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावकहरू प्रति धन्यवाद व्यक्त गर्दै आगमि दिनमा पनि यस्तै माया, सहयोग र हौसालाको अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ(इक्यान) रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले उच्च शिक्षा हासिल गर्न जापान जान लागेका विधार्थीको उज्ज्वल भविश्यको शुभकामना दिनुभयो ।उहाँले उच्च शिक्षा सङगै कमाएको केही रकमले स्वदेशमै आएर देशको लागि केही गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ(इक्यान) रुपन्देहीका सल्लाहकारद्वय सुनिललाल जोसि र निसान बाबु कार्की, सन्तोष केसि लगायतले शुभकामना दिनुभएको थियो । संस्थाका सिइयो रामजि केसीको अध्यक्षतामा भएको कार्यक्रम पियङ्का खत्रिको स्वागत र प्रमिला चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।



