नवलपरासी । नवलपरासी पश्चिम– १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी फराकिलो अग्रतातिर अगाडि बढेका छन् । उनले ६ हजार ४६४ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानका लागि यसअघि निर्वाचित भएका जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीबीच प्रतिस्पर्धा चलिरहेको छ । त्रिपाठीले ४ हजार ८६५ तथा ठकुरीले ४ हजार ७०१ मत ल्याएका छन् । चौधरीले त्रिपाठीसँग १ हजार ५८८ मतको अन्तर बनाएका छन् ।



