भैरहवा । सघिंय र प्रदेश सभा निर्वाचनको समिक्षा प्रतिबेदन तत्काल बुुझाउन नेपाली कांग्रेस रुपन्देहीले क्षेत्रीय समितीलाई परिपत्र गरेको छ ।
निर्वाचन लगत्तै जिल्ला कार्य समितीले क्षेत्रीय समिती मार्फत प्रदेश, नगर, गाँपालीका हुदै बडा तहमा बैठक गरी प्रतिबेदन तयार पार्ने र उक्त प्रतिबेदन जिल्लामा बुुझाउनुु पर्ने निर्णय गरेको थियो ।
तर केही क्षेत्रबाट अझै पनि प्रतिबेदन नआएकाले शुक्रवार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्त भित्र पठाउन निर्देशन गर्दै पत्राचार गरेको सचिव हरी काफ्लेले जानकारी दिए । बडा हुदै आएको समिक्षा तथा सुुझावलाई जिल्ला कार्यसमीतीमा छलफल गरिने छ । निर्वाचनमा भएका कमिकमजोरी सच्याउदै अन्तरघात गर्नेलाई कार्वाही गर्ने उदेश्यले पार्टीले बडा तहसम्मै छलफल र बैठक हुने गरी समिक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।
यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन निर्धारीत समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको सयोंजकत्वमा तयारी समिती समेत गठन गरेको छ ।
समितिमा सम्बन्धीत क्षेत्रमा रहेका जिल्ला पदाधीकारी, सदस्य, प्रदेस सभापति, नगर तथा पालीका सभापति, बडा सभापति, जनप्रतिनिधी तथा पुुर्व नेविसघंका सभापति लगायत रहने ब्यबस्था गरीएको छ । त्यस्तै यही माघ १६ गते पार्टी कार्यालय भैरहवामा सहीद दिवस मनाउने निर्णय समेत भएको सभापति खाणले जानकारी दिए ।



