वालिङ् । वालिङ् नगरपालिका र गल्याङ नगरपालिकाको मध्यभागमा अवस्थित बायाँटारी झोलुङ्गेबजारमा रहेको श्री मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निशुल्क बृहत स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ ठाउँमा रहेका विभिन्न रोगका बिरामीहरुलाई टाढा–टाढाका हस्पिटलसम्म जान र महङ्गो उपचार गराउन समस्या भईरहको अवस्थामा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ शिविर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको हो । सामान्य देखि जटिल अवस्थाका बिरामीहरुको उपचार गर्न समेत काठमाडौं, पोखरा, पाल्पा, बुटवलसम्म जानुपर्ने बाध्यताका विच तमाम स्वास्थ्य समस्यालाई प्रारम्भिक भएपनि समाधान गर्ने हेतुले यसै क्षेत्रका नागरिकहरुको निशुल्क स्वास्थ परिक्षण, परामर्श र दक्ष चिकित्सकको सल्लाह बमोजिम सम्भव र उपलब्ध औषधीहरुको निशुल्क वितरणको एउटा महत्त्वपूर्ण कार्यक्रम आयोजना गरिएको हो ।
शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, महिला, स्त्रीरोग, प्रजनन स्वास्थ एवम् यौन रोग, सुगर, प्रेसर ,दम, नियमित रुघाखोकी सम्बन्धि उपचार तथा परामर्श, नाक, कान तथा घाटी रोगको उपचार, जनरल फिजिसियन तथा विभिन्न रोगहरुको परिक्षण साथै परामर्श सेवा उपलब्ध उपलब्ध गराईएको थियोे । साथै निशुल्क औषधी समेत उपलब्ध गराईएको थियोे ।
शिविरमा बरिस्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, डा.लक्ष्मण शर्मा, डा.नवीन तिरुवा बरिस्ठ महिला,यौन तथा स्त्रीरोग विशेषज्ञ (लुम्बिनी प्रादेशिक अस्पताल बुटवल) , डा.सुनिल सुनार , डा.राजन विक्रम थापा(साझा अस्पताल बुटवल), डा.अशोक चौराशिया(लुम्बिनी प्रादेशिक अस्पताल) ,डा. मदन रायमाझी ( मेडिटेक अस्पताल बुटवल) , डा.मनोज कोइराला (वालिङ अस्पताल स्याङ्जा) लगायतका अन्य दक्ष चिकित्सकहरु बाट चेकजाँच गरिएको थियोे ।
साथै शिविरमा बरिस्ठ मुटु रोग बिशेषज्ञ डाक्टर अर्जुन बुढाथोकीले मुटु रोग सम्बन्धि चेकजाँच तथा परामर्श दिनु भएको थियोे भने सफल डेन्टलले दन्त चेकजाँच सेवा उपलब्ध गराएको थियोे । संस्थाका अध्यक्ष गोविन्द न्यौपानेको अध्यक्षता आयोजित कार्यक्रमको स्वागत तथा कार्यक्रमको औचित्य बारे संस्थाका बरिस्ठ उपाध्यक्ष एवम् शिविर आयोजना व्यवस्थापन समितिका संयोजक प्रकाश डुम्रेले गराउनु भएको थियोे ।
कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ शाखा प्रमुख कमल पाण्डे, डाक्टर लक्ष्मण शर्मा, डाक्टर नवीन तिरुवा, डा अर्जुन बुढाथोकी लगायतले बोल्दै यस्ता शिविरले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य समस्यालाई पहिचान र निदान गर्न सहज हुने बताउनुभयो । श्री भुपु सैनिक शान्तिप्रिय ईङ्लिस बोर्डिङ स्कुल प्राङ्गणमा आयोजित शिविरमा झण्डै ७ सय बिरामीले सेवा लिनुभएको छ ।
शिविरमा हाडजोर्नी,नशा,मुटु रोग,बाथ रोग,दन्त उपचार तथा परामर्श साथै डाक्टरहरुको चेकजाँचका आधारमा निशुल्क औषधी समेत उपलब्ध गराईएको थियोे । कार्यक्रम इलाका प्रशासन कार्यलय वालिङ्का प्रमुख घनश्याम गौतम,वडा प्रहरी कार्यलयका प्रतिनिधि,जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो भने वालिङ् आसपासका स्वास्थ्यकर्मीहरुको समेत सहभागीता थियोे



