बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ पाल्पा रोडमा रहेको खाईजेन एब्रड सर्भिसेस प्रालि बुटवलमा एक दिने निशुल्क आखा जाँच परिक्षण शिविर गरिएको छ । “सबैका लागी ज्योती” नारासहित नयन आई केयर सेन्टर प्रालिको प्राविधिक सहयोग र खाईजेन एब्रड सर्भिसेजको आयोजनामा शिविर गरिएको हो ।
पछिल्लोसमय प्रविधिको बढ्दो प्रयोगसंगै युवाहरुमा आखाको समस्या बढी देखिएसंगै सचेतना दिने गरि समुदायमा कार्यक्रम गरिएको सर्भिसेजका प्रबन्ध निर्देशक किरण रानाले बताउनुभयो । शिविरमा विद्यार्थी र स्थानिय १ सय २७ बढीले सेवा लिएको उहाँले बताउनुभयो ।
शिविरमा डा सुसान्त ज्ञवाली, भेषराज चौधरीले आखा जाँचसंगै विद्यार्थीहरुलाई ‘युभि रे’ का कारण आखामा पर्ने नकारात्मक प्रभावहरु, मोबाईल, कम्युटरबाट आउने ‘ब्लु रे’ का बेफाईदा, सुख्खा आखाको कारण र रोकथाम, आखाको बनावटको बारेमा परामर्श दिनुभएको निर्देशक रानाले जानकारी दिनुभयो ।
उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जापान जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको खाईजेन एब्रड सर्भिसेसले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क मधुमेह, दन्त जाच शिविर, रक्तदान कार्यक्रम गर्ने सर्भिसेजका प्रबन्ध निर्देशक रानाले प्रतिवद्धता ब्यक्तगर्नुभयो ।



