भैरहवा । सामुहिक विद्यालय परिवारको आयोजनामा मगंलर (मसिंर २०) देखि भैरहवामा सामुहिक खेलकुद महोत्सव हुने भएको छ । खेलकुद महोत्सव मसिंर २० देखी २५ गतेसम्म पक्लीहवामा रहेको कृर्षी क्याम्पसको खेलमैदानमा हुने सामेवार आयोजित पत्रकार सम्मेलनमा परिवारका अध्यक्ष उदयकुमार मल्लिकले जानकारी दिए ।
प्रतियोगितामा परिवार अन्तरगत रहेका १८ बिद्यालयका करिव १२ सय बिद्यार्थी सहभागी हुने छन् । खेलकुद महोत्सव अन्तरगत भलिवल, लङजप, सट पुुट जस्ता खेलहरु हुने छन् ।
सामुहिक बिद्यालय परिवार भैरहवा तथा यसआसपासमा क्षेत्रमा रहेका निजी बिद्यालयहरुको संस्था हो । २०५९ सालमा स्थपना भएको यो संस्थाले बिद्यार्थीहरुको खेल क्षमताको बिकास गर्ने उदेश्यले नियमित रुपमा खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ ।



