तिलोत्तमा । लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीको आयोजना र रक्त सञ्चार सेवा इकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले रक्तदान जिवनदान भएकोले रक्तदान गर्न प्रोत्साहन गर्नुभयो । उहाँले लुम्बिनी फ्रेन्डस सर्कलले रक्तदान कार्यक्रम राखेर राम्रो कामको थालनी गरेको बताउदै सामाजिक कार्यमा नगरपालिकाको साथ सहयोग रहने बताउनुभयो ।
लुम्बिनी फ्रेन्डस सर्कलका अध्यक्ष पदम न्यौपानेले मानिसको जिबन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले क्लबले रक्तदानको कार्यक्रम गरि सामाजिक कार्यको शुरुवात गरिएको बताउदै आगामी दिनमा थप योजना बनाएर सामाजिक कार्यमा अग्रसर हुने बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियान्ता अर्जुन भुसालले रक्तदानको मानवजिवनमा ठूलो महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष फर्सुराम गिरि लगायत सामाजिक व्यक्तिहरुको उपस्थित रहेको थियो ।
मावन जिवन रक्षाको लागि अति महत्वपूर्ण कुरा रगतको कमी भएर कुनै नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मान्यतासहित रगत संकलनमा सर्कलको पनि भूमिका रहोस भन्ने मान्यता बोकेर सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक सागर पुरिले बताउनुभयो । सर्कलका अध्यक्ष पदम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन खनालले गर्नुभएको थियो ।



