कोरिया । सन २००७ मा श्याम थकालीको नेतृत्वमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो लय समाउन केही समय लाग्यो । जब कोरियामा रहने बिबिध सस्थाले भलिबल आयोजना गर्न थाल्यो । २०११ देखि १३ सम्म लगातार १३र१४ वटा ट्रफी उचालेर ईतिहास लेखाएको गुल्मी सम्पर्क समिति पुनः १० बर्षपछि आफ्नो शाख फिर्ता गरेको छ ।
जुन ४ मा आयोजित तेस्रो आन्सान कप उचाल्दै प्रथम भयो । आठौं रेसुङा कपमा भने सोही दिनभएको फाईनलनमा आयोजक गुल्मी सम्पर्क समितिलाई हराउदै बाग्लुंग समाज प्रथम हुदा गुल्मी दोस्रो स्थानमा चित्त बुझायो ।
यसपालीको गुल्मीले आयोजना गरेको खेलमा करण वली बेस्ट स्पाईक, सेटर बिक्रम गुल्मी टीमबाट र आन्सानले आयोजना खेलमा करण वली बेस्ट स्पाईकर र जीवन दगामी उत्कृष्ट खेलाडी बाट पुरस्कृत भएको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष यामु थापाले जानकारी गराउनुभयो । मे १४ मा आयोजित आठौं रेसुंगा कप २०२३ मा समय अभाबको कारण सोही दिन भएको फाईनल खेलमा आयोजक गुल्मी दोस्रो भएको हो ।



