लुम्बिनि प्रदेशलाइ केन्द्रमा राखेर सञ्चालित लुम्बिनी अपडेट्स समाचार मुलुक अनलाईन पोर्टल हो । सत्य, तथ्य र निश्पक्षमा आधारित सत्य समाचार लुम्बिनी अपडेट्सको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई विकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहने छौं । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसंग पनि कुनै सम्झौता गरिने छैन । निष्पक्षता हाम्रो सवैभन्दा बिशिष्ट पक्ष हो । निमुखा र आवाज बिहिनहरुको पक्षमा हामि सदैव लागिरहने छौं ।
सूचना, विचार,चिन्तन र प्रयोगको माध्यमबाट हामिलाई सत्यको निकट पु¥याउँछ । हामि त्यहि यथार्थलाई प्रस्तुत गर्नेछौं । जनताको जीवनको अधिकार, सम्पतिको अधिकार, विचार , दृष्टिकोण र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका विषयमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाईन पत्रकारिता मार्फत हामि यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।
अवको यात्रामा साथ दिनुहुनेछ भन्ने सम्पुर्ण सहकर्मी , पाठक, विज्ञापनदाता, शुभचिन्तक , देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण महानुभावहरुमा आशा र विश्वास लिएका छौं । यात्राका क्रममा भएका कमिकमजोरीलाई आत्मसाथ गर्दै आगामी दिनमा परिष्कृत बन्दै अघि बढ्ने क्रममा यहाँहरुका महत्वपुर्ण सल्लाह, सुझाव र साथ सहयोगको सदैव हामि प्रतिक्षामा रहने छौं । कुनै पनि बिषय बस्तुको गहिराई सम्म पुग्न हामी सधै सचेत र जागरुक हुनेछौं । तपाईसँग पनि कुनै तथ्यपरक सूचना भए हामीलाई खबर गर्न सक्नुहुन्छ ।
lumbiniupdates@gmail.com
ताजा समाचार
लोकप्रिय
© 2025: Lumbini Updates मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal



