बुटवल । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ ।
यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई÷दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ । २०७४ को निर्वाचनमा प्युठानबाट एक सिट जितेको राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेनन् ।
२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ एमालेले २७, माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले ७, जसपाले २, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले एक र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले एक सिट जितेका थिए । यसपटक सत्तारुढ दलहरुबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले ९ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि ९ सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको छ ।
यस्तो छ दलगत उपस्थिति
नेकपा एमाले
१. लिला गिरी–रुपन्देही २ (१)
२.भोजप्रसाद श्रेष्ठ–रुपन्देही २ (२)
३. तुल्सीप्रसाद चौधरी–रुपन्देही ३ (२)
४. भुमिश्वर ढकाल–रुपन्देही ५ (१)
५. चिन्तामणि पाण्डे–गुल्मी १ (१)
६. डिल्लिराज भुसाल–गुल्मी २ (१)
७. दिनेश पन्थी–गुल्मी २ (२)
८. राजुप्रसाद श्रेष्ठ–पाल्पा १ (१)
९. खेमबहादुर सारु–पाल्पा १ (२)
१०. चेतनारायण आचार्य–अर्घाखांची १ (२)
११. राजजीप्रसाद घिमिरे–अर्घाखांची १ (२)
१२. विष्णु पन्थी–कपिलवस्तु १ (१)
१३. मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १ (२)
१४. नवराज लामिछाने–कपिलवस्तु २ (१)
१५. अर्जुनकुमार केसी–कपिलवस्तु ३ (१)
१६. तुल्सीराम शर्मा–प्युठान १ (१)
१७. दुर्गाप्रसाद चौधरी–बांके १ (२)
१८. रत्नबहादुर खत्री–बांके ३ (१) ।
नेपाली कांग्रेस
१. विश्वप्रेम पाठक–नवलपरासी १ (१)
२. देवकरणप्रसाद कलवार–नवलपरासी १ (२)
३. अब्दुल रज्जाक –रुपन्देही १ (२)
४. वसिउद्दिन खां–रुपन्देही ४ (२)
५. सुधाकर पाण्डे–कपिलवस्तु २ (२)
६. सरोज थापा (रोज राणा)–प्युठान १ (२)
७. अनुराग खड्का–दाङ १ (२)
८. राजु खनाल–दाङ २ (१)
९. प्रचण्डविक्रम न्यौपाने–दाङ २ (२)
१०. डिल्लीबहादुर चौधरी–दाङ ३ (१)
११. बादशाह कुर्मी–बांके ३ (२)
१२. धनबहादुर केसी–रुकुम पूर्व १ (२)
१३. भुवनेश्वर चौधरी–बर्दिया १ (१)
१४. जन्मजय तिमिल्सेना–बर्दिया २ (१)
१५. बीरबहादुर राना–पाल्पा २ (१)
१६. धनेन्द्र कार्की–गुल्मी १ (२)
१७. बैजनाथ कलवार जैसवाल–नवलपरासी २ (२)
नेकपा (माओवादी केन्द्र)
१. जोखबहादुर महरा–रोल्पा १ (१)
२. इन्द्रजित थारु–दाङ १ (१)
३. कृष्णा केसी–बांके १ (१)
४. तुलाराम घर्ती–पाल्पा २ (२)
५. धनबहादुर मास्की–दाङ ३ (२)
जनता समाजवादी पार्टी
१. भण्डारीलाल यादव–बाँके २ (१)
२. आदेशकुमार अग्रवाल–बाँके २ (२)
लोकतान्त्रिक समाजवादी पार्टी
१. सन्तोष पाण्डे –रुपन्देही ३ (१)
२. कन्हैया बनिया–रुपन्देही ४ (१)
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. आशिषकुमार चौधरी–रुपन्देही १ (१)
२. जानकीप्रसाद यादव–कपिलवस्तु ३ (२)
नागरिक उन्मुक्ति पार्टी
१. राजकुमार चौधरी–बर्दिया १ (२)
२. धर्मबहादुर चौधरी–बर्दिया २ (२)
जनमत पार्टी
१. चन्द्रकेश गुप्ता–रुपन्देही ५ (२)
स्वतन्त्र (सबै माओवादीका बागी)
१. दीपेन्द्र पुन–रोल्पा १ (२)
२. सरुल पुन–रुकुमपुर्व १ (१)
३. खड्ग बस्नेत–नवलपरासी २ (२)



