बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टि बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकामा कार्यरत सरसरफाई कर्मचारीहरुलाई सम्मान गरेको छ ।
रास्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालको प्रथम बार्षिक उत्सव बिबिध कार्यक्रम गरि असार १ गते देखि ७ गते सम्म मनाउने क्रममा बुटवल नगरसमितीको आयोजनामा बुटवल उपमहानगरपालिकामा कार्यरत ३९ जना सरसरफाई कर्मचारीहरुलाई सम्मान गरिएको रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति रमेश लम्सालले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज गणेश पौडेलले वातावरण संरक्षणमा सरसफाइ गर्ने व्यक्तिहरूको भूमिका गहन हुने भएकाले प्रोत्साहन एवं हौसला बढाउनका लागि सम्मान गरेको बताउनु भयो । उहाँले रास्वपा पार्टी भुई मान्छेहरुकै आवाज र समस्याहरुको समाधान गर्न जन्मिएको पार्टि भएकाले सरसफाई गर्न क्रममा कुनै समस्या परेमा हाम्रो पार्टिका साथीहरुलाई भन्न आग्रह गर्नुभयो ।
सो अवसरमा प्रदेश उपसभापति शालिकराम घिमिरेले नगरका इमान्दार सरसफाई कर्मचारीहरुले सम्मान नपाएको भन्दै उनीहरुले काम गर्ने वातावरण निर्माणका लागि हामी सदैव लागि पर्ने बताउनु भयो । कार्यक्रममा सरसफाई कर्मी जित बहादुर परियारले आजसम्म हामीलाई कुनैपनि पार्टीले सम्मान नगरेको बताउदै रास्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेकोमा धन्यवाद दिदै आफुहरुलाई काम गर्न हौसला भएको बताउनु भयो ।
कार्यक्रममा पार्टिका प्रदेश सदस्यहरु,जिल्लाका पदाधिकारी एवम् सदस्यहरु,क्षेत्रिय सदस्यहरु, विभिन्न विभागका पदाधिकारी एवम् सदस्यहरु, नगरसदस्यहरुको सहभागिता रहेको थियो । नगर सभापति राजन पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम प्रचारप्रसार तथा अभियान विभागका प्रदेश सचिव नमराज पाण्डेयको सञ्चालन र विष्णु सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।



