भैरहवा । भैरहवा । रुपन्देहीको मर्चवार स्थित सम्मरि कोटीमईमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्र सम्मरीमाई गाउँपालिका वार्ड–४ को आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । शिविरमा स्थानियहरुको निः शुल्क आँखा जाँच गरिएको थियो । शिविरबाट सयौं आँखाका बिरामी लाभान्वित भएका छन् ।
शिविरमा छनोट भएका मोतिबिन्दु बिरामीलाई निःशुल्क शल्यक्रिया गरिनेछ । जनता माध्यमिक बिद्यालयमा भएको शिविरमा नेपाल नेत्र ज्योति संघ लुम्बिनी, नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर , रण अम्बिका आँखा अस्पताल भैरहवाले प्राबिधिक सहयोग गरेको कोटीमई सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रामनयन बरुणले जानकारी दिए ।



