बुटवल । राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सुर्यवंशी)ले देशको बिकासको लागि रोजगारी सिर्जना हुनेगरि काम गर्नुपर्ने भएपनि दुईतिहाईको बहुमतको सरकारले त्यो गर्न नसकेको बताएका छन् । बामलोकतान्त्रिक गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका थापाले दुई तिहाई बहुमतको सरकारले देशमा रोजगारी सिर्जना हुने गरि उद्योग धन्धा, कलकारखाना सञ्चालन गर्नुपर्ने भएपनि त्यो अुनसार काम गर्न नसकेको बताए ।
मंगलबार विहान बुटवल वडा नं १० का मतदाताहरुसंग भेट्घाट्पछि बोल्ने क्रममा उम्मेद्वार थापाले भने,‘देशको समृद्धिका लागि उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ, आर्थिक नीति सहि हुनुपर्छ अनि बल्ल देश समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।’
देशको उन्नतीमा निर्यात महत्वपूर्ण हुने भएकाले उत्पादनमा प्रोत्साहान दिनुपर्ने र यसका लागि उद्योग कलकारखाना र कृषिमा जोड दिन आवश्यक रहेको उनको भनाई थियो ।
बुटवलको वडा नं १० मा रहेको धागो कारखाना सञ्चालनमा जोड नदिने, युवालाई विदेश पठाउने नीति लिएर देश उन्नतीको बाटोमा जान नसक्ने उनको तर्क थियो । देशको विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउँदै थापाले समृद्धिका लागि अहिलेसम्म खाडिमा युवा पठाउँदै आएको नेपालले नेपाली युवा नभई अर्गानिक कृषि उत्पादन खाडितर्फ पठाउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
गठबन्धनका साझा उम्मेद्वार थापाले बुटवल वडा नं १० आफ्नो बाल्यकाल र युवा अवस्था बितेको ठाउँ भएकाले त्यस क्षेत्रको शैक्षिक र सामाजिक विकासका लागि आफुले खेलेको भूमिकाको स्मरण गरे ।
सोही अवसरमा क्षेत्र नं २ (१) का प्रदेश सभा उम्मेद्वार दीर्घ बहादुर केसी कुमारले खेलकुद्को विकासका लागि आफुलाई जिताउनु पर्ने धारणा व्यक्त गरेका छन् । उनले आफुलाई मत दिएर विजयी गराउन अपिल गर्दै यस क्षेत्रको स्थानियको शिर उँचो पार्ने गरि काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । भौतिक पूर्वाधार संगै शिक्षा र स्वास्थमा जनताको पहँचका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरेका हुन् ।
यस्तै रुपन्देही २(२) प्रदेशसभा सदस्य पदका उम्मेद्वार बामदेब क्षेत्रीले सैनामैनानगरपालिका २ का बिभिन्न स्थानमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा बोल्दै क्षेत्रीले गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।



