बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ । रुपन्देही –२ मा मतपेटिका अव्यवस्थित भएको भन्दै विवाद सिर्जना भएको थियो । अहिले विवाद साम्य भई दलीय बैठक बस्ने र मतगणना प्रक्रियामा जाने सहमति भएको निर्वाचन सहायक अधिकृत बुद्धि पराजुलीले बताए । सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकाका अधिकृत उदविर नेपालीले जानकारी दिए ।
त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । बैठकले मतगणनाबारे निर्णय गर्ने छ ।
रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना सुरु गर्ने तयारी छ । रुपन्देहीमा प्रतिनिधिसभाका लागि ५ र प्रदेशसभाका १० स्थानका लागि निर्वाचन भएको छ । जिल्लामा ६ लाख ५२ हजार ४ सय ८४ मतदाता छन् । जिल्लामा २ सय १३ मतदानस्थलबाट निर्वाचन भएको थियो ।



