बुटवल । रुपन्देही–५ मा नेकपा (एमाले)का बासुदेव घिमिरे विजयी भएका छन । उनले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन ।
गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए ।
रुपन्देही ५(१) को प्रदेशसभा सदस्यमा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् भने ५(२)मा जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।



