भैरहवा । सामुहिक विद्यालय परिवारको आयोजनामा मगंलर देखि भैरहवामा पाँचदिने सामुहिक खेलकुद महोत्सव सुरु भएको छ । खेलकुद महोत्सव मसिंर २० देखी २५ गतेसम्म पक्लीहवामा रहेको कृर्षी क्याम्पसको खेलमैदानमा हुने छ । प्रतियोगितामा परिवार अन्तरगत रहेका १८ बिद्यालयका करिव १२ सय बिद्यार्थी सहभागी हुने परिवारका अध्यक्ष उदयकुमार मल्लिकले जानकारी दिए ।
सामुहिक बिद्यालय परिवार भैरहवा तथा यसआसपासमा क्षेत्रमा रहेका निजी बिद्यालयहरुको संस्था हो । २०५९ सालमा स्थपना भएको यो संस्थाले बिद्यार्थीहरुको खेल क्षमताको बिकास गर्ने उदेश्यले नियमित रुपमा खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरिन् ।
कार्यक्रममा बोल्दै शाहीले विद्यार्थीलाई अध्ययन बाहेक यस्ता अतिरिक्त क्रियाकलापले भविष्यमा खेल क्षेत्रलाई सहयोग गर्ने बताइन । प्रतियोगितामा सव जुनीयर, जुनीयर र सिनीयर तहमा छात्र÷छात्रालाई दौड, रिले दौड, बोरा दौड, स्किपिङ दौड, शट–पुट, भलिबल लगायत फरक–फरक खेलहरु खेलाइने कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिए ।



