भैरहवा । नेपाली कांग्रेसका प्रभावसाली केन्द्रिय सदस्य एबम पुर्ब गृहमन्त्री बालकृष्ण खाणले सत्तामा हुँदा र नहुदा पनि कांग्रेस मुलुकको निर्णायक शक्ति भएको बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देहिले ४७ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा पार्टी कार्यालय भैरहवा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकलाइ अप्ठ्यारो पर्दा नेतृत्व सम्माल्ने कांग्रेस भएको बताए ।
उनले कांग्रेसको लागी सत्ता भन्दा पनि लोकतन्त्र, प्रजातन्त्र बलियो बनाउदै सबिधानको रक्षा गर्नु मुल जिम्मेवारि रहेको बताउदै यसको लागी कांग्रेस सधै अडिक रहेको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टी र रास्ट्रलाई बलियो बनाउन महामानब बिपि कोइरालाले ल्याएको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिए ।
उनिहरुले कांग्रेस भित्रको गुट उपगुट अन्तगरी पार्टीलाई बलियो बनाउन नेताहरु एक आपसमा मेलमिलाप गरेर अगाडि बढ्नु पर्ने बताए । अब पार्टी मेलमिलाप दिवस पनि मनाउनु पर्ने उनिहरुले बताए । नेपाली कांग्रेस रुपन्देहिका सभापति रामकृष्ण खाणको सभापतित्व, केन्द्रिय सदस्य गङ्गा शाही, प्रदेश सभासद देबिप्रसाद चौधरी, पुर्ब सभापति रामचन्द्र ढकाल, सचिब हरि काफ्ले, परमान्द भट्टराई , वरिष्ठ पत्रकार दिलिप भट्टराई लगायतले बोलेका थिए ।



