गल्याङ। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । गुरुङ आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार एक सय ९९ मतले अगाडि छन् ।
केहीबेर अघिसम्मको मत गणनाअनुसार काँग्रेस उम्मेदवार गुरुङले सोह्र हजार पाँच सय १३ मत प्राप्त गर्दा एमालेकी अर्यालले चौध हजार तीन सय १६ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले छ हजार आठ सय २२ मत ल्याएका छन ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९, वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ र कालीगण्डकी गाउँपालिका १, २, ३, ४, र ५ को गणना सकिएको छ । अहिले वडा नं ६ को मत गणना जारी छ ।



