तिलोत्तमा । तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत शनिबार भएको खेलमा वडा नं. २ र वडा नं. १७ विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा वडा नं. २ ले वडा नं. १६ माथि ७ विकेट तथा दोस्रो खेलमा वडा नं. १७ ले वडा नं. ६ माथि ३ विकेटको जित निकालेको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं. १६ ले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ९३ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सुभाग्य बश्यालले १७ र रामचन्द्र पाण्डेले १४ रनको योगदान दिए । वडा नम्बर १६ लाई सस्तैमा समेट्नका लागी वडा नम्बर २ का बसन्त खत्री एक्लैले ४ विकेट लिएका थिए भने महेन्द्र सुवेदी क्षेत्रीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. २ केवल ११.५ ओभरमा ३ विकेटको क्षेतिमा लक्ष्य भेट्टायोे ।
उसका लागि रुपेश बश्यालले ३९ र महेन्द्र सुवेदी क्षेत्रीले २१ रनको योगदान गरेका थिए । वलिङमा वडा नम्बर १६ का दामोदर बश्याल र किसन भण्डारीले समान १÷ १ बिकेट लिएका थिए । पहिलो खेलमा वडा नं. २ का रुपेश बश्याल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. ६ले टस जितेर ब्याटिङको निर्णय गर्दै निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर ८५ रनको लक्ष्य खडा गरेको थियो । वडा नं. ६ का बिकल अधिकारीले १९ र थमन स्याङजालीले १८ रनको योगदान दिएका थिए । वडा नं. १७ का कुलदिप मल्लले ३ तथा अजय यादवले २ बिकेट लिएका थिए ।
। मध्यम लक्ष्य पछ्याएको वडा नं. १७ ले १८.३ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसका लागि राम कुमारले २० र लाल बहादुरले १६ रनको योगदान दिए । बलिङमा वडा नम्बर ६ का समराट थापाले र थमन स्याङजालीले समान २–२ विकेट लिएका थिए । दोस्रो खेलमा वडा नं १७ का लाल बहादुर मल्ल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएका थिए । सोमबार पहिलो खेल वडा नं ४ र ९ तथा दोस्रो खेल वडा नं १ र ३ का बीचमा हुने आयोजक नवजीवन क्लबका सचिव सागर पाठकले बताए ।



