बुटवल । भारतिय कम्पनि अगाप्पे डाईग्नोष्टिक प्रा.लि द्वारा रुपन्देहीका ल्याब प्रयोगशालाकर्मीलाई अभिमुखिकरण अभिमुखिकरण गरिएको छ । रुपन्देहीका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत प्रयोगशालाकर्मीहरुलाई बुधवार मणिग्राममा १ दिने क्वालिटी कन्ट्रोल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
अगाप्पे डाईग्नोष्टिक प्रा.लिको बुटवल क्षेत्रको आधिकारिक विक्रेता एस.वि.आरको सहजिकरणमा भएको कार्यक्रममा रुपन्देहीका स्वास्थ्य संस्थामा कार्यरत करिव १०० जना ल्याब प्रयोगशालाकर्मीको सहभागिता रहेको कम्पनिका वोस्टर्न नेपाल रिजिनल म्यानेजर सन्तोस कुमार तिवारीले जानकारी दिए ।
कार्यक्रममा कम्पनिका प्रमुख शंकर मोहन केआरले अगाप्पे डाईग्नोष्टिकले उत्पादन गरेका ल्याबका उपकरण तथा केमिकलहरुको बारेमा तालिम दिएका थिए । उनले आफ्नो कम्पनिका सामानहरुले ल्याव रिर्पोट शुद्ध दिनुका साथै मेसिन सञ्चालन गर्न पनि सजिलो रहेको बताए । उनले प्रयोगशालामा हरेक परीक्षणले नतिजा दिन्छ तर परिणामको शुद्धताको बारेमा निश्चित हुन सकिदैन त्यसैले अगाप्पे डाईग्नोष्टिक प्रा.लिले विक्रि गरेको मेसिन तथा केमिकलले कम खर्चमा गुणस्तरीय ल्यावको परिणाम दिने बताए ।
अगाप्पे डाईग्नोष्टिकको एसिया तथा साउथ अफ्रिका प्रमख एल्डोज टि जोएको अध्यक्षतामा भएको कार्यक्रममा बुटवलको आधाकारिक विक्रेता एस. बि. आरका सञ्चालक शिव पोख्रेलको स्वागत र नेपाल कन्ट्री प्रमुख सुमन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।



