बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले आफ्नो पालिकामा निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयनका लागि रुपन्देहीका बुटवल उपमहानगरपालिकाका प्रमख र तिलोत्तमा नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन । साथै उनले अव रुपन्देहीका सवै स्थानिय सरकार प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने बताए ।
प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ र उक्त ऐन सङ्ग जोडिएका स्थानीय नीति नियम प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले निम्त्याउन सक्ने क्यान्सर रोगको रोकथाम र नियन्त्रण हुनसक्छ भन्ने मुख्य उद्धेश्यका साथ स्थानीय पालिकाको ध्यानाकर्षण गरिएको संस्थाका सचिव प्रजापाल गिरीले बताए ।
रोगबाट हुनसक्ने ठूलो जन, धनको क्षतिबाट समाज र राष्ट्रलाई जोगाउन सुर्तीजन्य पदार्थको उपयोगलाई न्यूनीकरण सम्बन्धि विध्यमान रहेका सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र यस पालिकाको यो ऐनसङ्ग जोडिएका नीति नियम लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै संस्थाका सभापति खिमबहादुर हमालको नेतृत्वमा गएको टोलिले बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण र ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख पुष्कर रानालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कार्यक्रममा संस्थाका उपसभापति बीना न्यौपाने, सल्लाहाकार मधुसूदन गैह्रे, सहकोषाध्यक्ष पुनम पौडेल,सदस्य इन्दिरा पाण्डे र रमेशकुमार पराजुलीको सहभागीता रहेको थियो ।



