काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट ७ हजार ४ सय ५७ मतान्तरले गगन थापा विजयी भएका छन् । थापाले २१ हजार ३ सय ३ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ४६ मत मात्रै पाएका छन् ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।



