बुटवल । तिलोत्तमा जेसिजले नयाँ सदस्यहरुको लागी प्रि इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न गरेको छ । तिलोत्तमा जेसिजमा आवद्ध नयाँ सदस्यहरुमा जेसिजको बिषयमा जानकरी दिने तथा लोम अफिसरहरुका लागी काम कर्तव्यका बिषयमा तालिम संचालन गरेको हो ।
तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै तिलोत्तमा जेसिजका सस्थापक अध्यक्ष बिनोद ढकालले जेसिज अभियानमा आबद्ध भएका नयाँ सदस्यलाई स्वागत गर्दै सदस्यहरुको क्षमता अभिबृद्धिका लागी यस्ता कार्यक्रमहरु अझ आयोजना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले जेसिजले बिशेषत चार क्षेत्रमा काम गर्ने बताउदै जेसिजहरुले आयोजना गर्ने विभन्न तालिमहरुले नेतृत्व बिकासका लागी महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा जेसिजका पुर्व अध्यक्ष एवं प्रमुख शाखा सल्लाहकार यादव भटराईले तिलोत्तमा जेसिसले क्षेत्र घ सम्मेलनको आयोजना गर्न लागेको बताउदैै सम्मेलन सफल बनाउनका लागी सबै लाग्नु पर्ने बताउनु भयो । नेपाल जेसिसको क्षेत्र घ अन्र्तगत गैडाकोट देखी महाकाली सम्मका शाखाहरुको सम्मलेन आगामी भदौमा आयोजना गर्न लागीएकोमा यस्ता तालिमहरु अझ महत्वपुर्ण हुने बताउनु भयो ।
तिलोत्तमा जेसिजका सचिव महेश पौडेलको संचालन तथा कार्यकारीणी उपाध्यक्ष दिल कुमारी उपाध्यायको स्वागत रहेको तालिममा बासुदेव शर्मा र लोकप्रसाद भण्डारी (राजु) ले सहजीकरण गर्नु भएको थियो ।



