बुटवल । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गते आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । रास्वपाले देशभर विभिन्न कार्यक्रम गरी पहिलो स्थापना दिवस मनाएको हो । गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाइरहेको छ । यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ ।
यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षेत्र नं.२ ले पनि आफनो स्थापना दिबसको अबसरमा बिभिन्न सामाजिक कार्यगरी गरी मनाएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन रुपन्देही क्षेत्र नं.२ ले रुपन्देहीको बुटवलको पुष्पलालपार्कमा साँझ ७ बजे घण्टी बजाईएको थियो । सो कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलले रास्वपाको पहिलो बार्षिक उत्सवमा मनाउन साथ सहयोग गर्ने सवै पार्टिका कार्यकर्ता र सुबेच्छुक सवैमा धन्यवाद दिदै अवका दिनमा पनि सामाजिक कार्यमा लाग्न पार्टिका कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नगर सभापति राजन पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम प्रचारप्रसार तथा अभियान विभागका प्रदेश सचिव नमराज पाण्डेयको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका पदाधिकारी एवम् सदस्यहरु,क्षेत्रिय सदस्यहरु, विभिन्न विभागका पदाधिकारी एवम् सदस्यहरु, नगरसदस्यहरुको सहभागिता रहेको थियो ।
यसअधि साता व्यापी कार्यक्रम अन्तरगत असार १ गते बुटवलको ट्राफिकचोकमा चिसो पानी वितरण, तिलोत्तमाको मणिग्राम स्थित मैनादेवी अनाथ आश्रममा खाद्यान्न वितरण र सबै पालिकामा सदस्यहरुको घर परिषरमा बृक्षरोपण गरिएको क्षेत्रीय सभापति रमेश लम्सालले बताउनु भयो ।
त्यस्तै असार २ गते बुटवल उपमहानगरपालिका वडा नं. ११, तिलोत्तमाको वडा नं. २ र ४ मा वार्ड भेला सहित समिति गठन, सैनामैना नगरपालिका वडा नं. १ देखि ५ सम्म सरसफाई, असार ३ गते बुटवल उपमहानगरपालिकाका ३९ जना सरसफाईकर्मीलाई सम्मान, तिलोत्तमाको वडा नं. १ तथा वडा नं. ६ देखि ९, र सैनामैनाको वडा नं. ६ देखि ९ सम्म सरसफाई गरिएको छ ।
त्यस्तैगरी असार ४ गते सैनामैना नगरपालिका वडा नं. १० र ११ मा सरसफाई गर्नुको साथै असार ५ गते सैनामैनामा नगर पार्टी कार्यालय उद्घाटन गरिएको उहाँले जानकारी गराउनु भयो ।



