बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०र०८१ को नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको निती तथा कार्यक्रम १सय ५५ बुदामा समेटीएको छ।
“समृद्ध नगर खुशी नगरबासीू नारा दिईएको नीति कार्यक्रम नगर सभाले पारित गरेसंगै तिलोत्तमा नगरको बार्षिक वजेट ल्याउका लागि वाटो खुलेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्धेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगर प्रमुख खाणले बताउनुभयो ।
नगरपालिकाले आर्थिक बिकास अन्तर्गत कृषि, पशु, रोजगारी, पर्यटन तर्फ खेतवारीमा उत्पादन हातहातमा अनुदानको नीति अपनाईने छ। नगरका प्रमुख बालीहरुमा देखापर्ने रोगहरुको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र बिशेषज्ञ सहितको बाली उपचार शिविर संचालन गरिनेछ। वाली वीमा कार्यक्रम संचालनमा ल्याइनेछ।
नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरि उक्त जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका यूवा, स्थानीय यूवा, आमा समूह, यूवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघ संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेति तथा अन्य कृषिजन्य उत्पादन का लागि प्रोत्साहन गरिनेछ उल्लेख छ।
सामुहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ। मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनेछ। विभिन्न सुपर मार्केटहरु संग सम्झौता गरि उक्त बजारहरुमा तिलोत्तमाको उत्पादन बिक्रि वितरणको व्यवस्था गरिएको नगर प्रमुख खाणले बताउनुभयो ।
नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरि उक्त जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका यूवा, स्थानीय यूवा, आमा समूह, यूवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघ संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेति तथा अन्य कृषिजन्य उत्पादन का लागि प्रोत्साहन गरिनेछ सामुहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।
पशु सेवालाई प्रभावकारी रुपमा सम्पादन गरि पशुपंक्षीहरुको आकस्मिक उद्दार तथा उपचार सेवा प्रदान गर्नको लागि विशेषज्ञ पशु चिकित्सक सहितको “भेट एम्बुलेन्स” सेवा संचालन गरिनेछ ।देशब्यापी रुपमा पशुहरुमा देखा परेको खतरनाक “लम्पी स्किन” रोग बिरुद्धको खोप नगरक्षेत्रभित्र रहेका सम्पूर्ण गाईहरुमा निशुल्क उपलब्ध गराइ नगर प्रमुख खाणले बताउनुभयो ।
स्थानीय स्तर देखि नै डिजल, पेट्रोल, एल. पी. जी. ग्यासको खपत कम गरि मूलुकको चुलिँदो व्यापार घाटालाई कम गर्न तथा देशभित्र उत्पादित बिजुलीको स्थानीय खपत बढाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नगरपालिका क्षेत्रभित्रको सिक्सलेन सडक अन्तर्गत उपयुक्त स्थानमा विद्युतीय सवारी चार्ज गर्नको लागि चार्जिङ्ग स्टेशन स्थापना गरि संचालन गरिनेछ आगामी दिनमा नगरपालिकाले खरिद गर्ने गाडीहरु अनिवार्य रुपमा विद्युतीय गाडी हुनुपर्ने व्यवस्था गरिने उल्लेख छ।
उज्यालो तिलोत्तमा अभियान अन्तर्गत १७ वटै वडाका प्रमुख रणनैतिक स्थानहरुमा मिनी –मास्ट बत्ती जडान गरिनेछ आवश्यकताका आधारमा नगरका भित्री सडकमा स्ट्रिट लाइट जडान गरिने छ। शंकरपुर चोक देखि नगर कार्यपालिका कार्यालयसम्म लागि निशुल्क ई– रिक्साको व्यवस्था गरिनेछ भने नगर बस संचालन गरिने छ। सिंचाइमा लगानी, खेतबारीमा पानी” अभियान अन्तर्गत नगर क्षेत्रभित्र संचालित सोह, छत्तिस सिंचाइ प्रणाली लगायतका सामुदायिक सिंचाई प्रणालीहरुको मर्मत, सुधार, तथा सवलिकरण गरिनेछ। नगर क्षेत्र भित्र संचालित संचारका माध्यमहरुको विकास तथा विस्तारको लागि सहयोग तथा पहल गरिनेछ। तिलोत्तमा मा कार्यरत पत्रकारहरुको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ।
नगर संग जनताको आशः व्यवस्थित र सरल नक्सा पास” घर नक्साको कार्यका लागि फरक फरक २० वटा नक्साको डिजाइन नगरपालिका आफैले तयार गरि नगरबासीलाई निशुल्क प्रदान गरिनेछ। नो हर्न नगरपालिका, वातावरणमैत्री स्थानीय शासन कार्यक्रम, छाडा चौपाया व्यवस्थापनका लागि पशु दर्ता तथा व्यवस्थापन प्रणाली, गुट्खाजन्य पदार्थ बेचबिखन नियन्त्रण र फोहोरमैला बर्गिकरण” को कार्यलाई कडाईका साथ कार्यान्वयन गर्दै त्यसको दिगोपना कायम राख्न टोल विकास संस्था, यूवा क्लब, आमा समूह, नगर बाल संजाल, आम संचार जगत, बिद्यालयहरु तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रभावकारी परिचालन गरिने नीति कार्यक्रममा उल्लेख छ।



