बुटवल । देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा आयोजीत अन्तर संवाद कार्यक्रममा उपप्रमुख गुरुङले सो कुरा बताउनुभएको हो ।
’राष्ट्रिय जनागणना २०७८ नतिजा र आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हक अधिकार प्राप्तिक लागे आवाज उठाउदैं धर्म संस्कृति रितिरिवाजको रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो। उपप्रमुख गुरुङले नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारहरुको अवस्था जटिल र चुनौतीपूर्ण रहेको बताउदैं बाधा अड्चनको सामना गर्दै सत्य तथ्य बुझेर पत्रकारिता गर्न सुझाव सहित शुभकामना दिनुभयो ।
कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सानु थापाले पत्रकारिता पेशासँग जोडिएका सम्पूर्ण संचारकर्मीहरुको हकहितको पक्षमा फोनिज सधै लागि रहेको बताउनुभयो । भाषा, धर्म संस्कृति र रितिरिवाजको संरक्षण गर्दै सुशासन र समाज रुपान्तरणका लागि पत्रकारले कलम चलाउनु पर्ने अध्यक्ष थापाको भनाई थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ समन्वय देवदहका अध्यक्ष मिना कुमारी श्रेष्ठ, फोनिज लुम्बिनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फोनिज रुपन्देहीका पूर्व सचिव यम राना, नेप्ल मगर संघ देवदहका अध्यक्ष शोभा कुमारी थापा, देवदह – ९ का वडा सदस्य कृष्ण माया राना लगायतले मन्तब्य व्यक्त गर्दै भाषा, संस्कृतिको संरक्षण संगै कार्ड बोक्ने पत्रकार नभएर काम गर्ने पत्रकार बन्न सुझाव सहित शुभकामना दिनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष सानु थापाको अध्यक्षता देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रेम थापाको स्वागत र सचिव राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।



