बुटवल । नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति सदस्यमा आठ जनालाई मनोनीत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ को धारा २१ को उपधारा २१ बमोजिम आठ जनालाई मनोनीत गर्नुभएको हो ।
मनोनीत हुने केन्द्रीय सदस्यहरूमा गुल्मीबाट चन्द्र भण्डारी, अर्घाखाँचीबाट मानबहादुर विश्वकर्मा, पर्वतबाट अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईँ काभ्रेपलान्चोकबाट मनोनीत हुनुभएको हो । त्यसैगरि बाग्लुङ्गबाट किरणराज शर्मा पौडेल, भरतकुमार शाह रुपन्देहीबाट मनोनित हुनुभएको हो । भने शारदा पौडेल कास्की र अनिलकुमार रुङ्गटा पर्साबाट मनोनीत हुनुभएको छ ।
चन्द्र भण्डारी काङ्ग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित हुनुभएको थियो । भने मानबहादुर विश्वकर्मा सह महामन्त्रीमा पराजित हुनुभएको थियो ।



