बुटवल । बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलका विद्यार्थीहरुले शनिबार खाना महोत्सव तथा ब्यापार मेला आयोजना गरेका छन । विद्यार्थीहरुमा किताबी ज्ञापनसंगै ब्यबहारिक र व्यावसायिक ज्ञान प्रदान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरु आफैले खानाका परम्परागत परिकार बनाएका थिए । महोत्सवमा सिपसङै व्यावसायिक ज्ञानका लागी बनाएका परिकारहरु अभिभावकहरुलाई बिक्री गरेका थिए ।
सोही कार्यक्रममा विद्यार्थीहरुले फलफूल तथा तरकारी स्टल राखेर ब्यापार मेला पनि लगाएका थिए ।विद्यार्थीहरुले राखेको तरकारी तथा फलफूलको स्टलबाट पनि अभिभावकहरुले सामान खरिद गरेका थिए । कार्यक्रममा कक्षा ५,६ ,७ र ९ कक्षाका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सानै उमेर र सानै कक्षादेखि नै विद्यार्थीहरुलाई उनीहरुको जीवनमा चाहिने ज्ञान र सिपको बिकासले मात्रै सिकाई पुर्ण हुने हुदा बेला बेलामा बिद्यालय बाहिर लगेर पनि फरक फरक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागिता गराउदै आएको छ । सो अबसरमा बिद्यालयले लिएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।



