बुटवल । बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि १८ गतेसम्म मेला संचालन हुन लागेको हो ।
एक्स्पोको विषयमा जानकारी दिने उद्देश्यले बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले तयारी अन्तिम चरण पुगिसकेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले यो पटक मेला विगतको भन्दा फरक तरिकाले संचालन हुनेबताउनुुभयो ।\
साथै मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य रहेको संयोजक घिमिरेले जानकारी दिनुभयो । यस पटको एक्स्पोमा ५०० भन्दा बढी स्टलहरु रहने र अधिकांश स्टल बुक भइसकेको संयोजक घिमिरेले बताउनुुभयो । मेलामा गौतमबुृद्धकाृ जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने उहाँले बताउनुुभयो ।
कोरोना पछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता भएको बताउँर्दै उहाँले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो । मेलालाई सफल बताउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति, विभिन्न विषयका ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिले आवश्यक तयारीका काम गरिहेको प्रचारप्रसार संयोजक र्फसुराम पन्थले बताउनुुभयो ।
एक्स्पोमा साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, मोवाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर लगायतका वस्तुहरु प्रदर्शनीमा राखिने भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेलाको नाममा बढेको विकृतिलाई रोक्ने गरि अभियान थाल्न सुझाव दिनुभयो । मेलाको अवलोकनका लागि ६० रुपैयाँ टिकटदर निर्धारण गरिएको उहाँले बताउनुुभयो । साथै सोहुलियत दरमा टिकटदर ५० रुपैयाँ कामय गरिएको छ आयोजकले जानकारी गराएको छ ।



