बुटवल । नेपाली काँग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो । प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ । सम्मेलन दुइदिन ( १६ र १७ गते ) चल्नेछ ।
सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागि हुनेछन् ।
सम्मेलनको उद्घाटनको दिन भोलि १६ गते भने पार्टीका नेता कार्यकर्ता समेत गरी करिब १० हजार नेता कार्यकर्ताको सहभागिता हुने कांग्रेसको दाबी छ । सम्मेलनमा सहभागि हुन अधिकांश केन्द्रीय नेताहरू बुटवल आइपुग्नुभएको छ । उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन , सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टी आगामी कार्य दिशा तय गर्ने प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी गराउनुभयो ।



