बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुख क्याम्पस कार्यवाहक सभापती कृष्ण खनालले बताएका छन ।
फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए ।
‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–ने बि संघ का वा सभापती खनालले क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जयनेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियू झण्डा हटाउने सहमति भएको थियो ।
यी सहमति पालना गर्नु पर्नेमा झन रातारात वोर्ड राख्ने सहमति दिए पछि बाध्य भएर यो कदम चालेका हौँ।’ साथै क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजिनामा नदिए थप कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेको छ । तर, नेपाल विद्यार्थी संघ र अखिले छैठौँले स्वागत वोर्ड अनेरास्ववियूले राखेको बताए पनि अनेरास्ववियूले भने आफुहरुले नराखेको दाबी गरेको छ ।



