बुटवल । कामना सेवा बैंक लिमिटेडको २६ औ शाखारहित तिलोत्तमा न.पा. वडा नं.३ मा बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा तिलोत्तमा न.पा. वडा नं.३ स्थित न्यू पाल्पाली जनरल स्टोर्सका प्रोप्राइटए मुना घिमिरेलाई वि एल वि एजेन्ट तोकि आफ्नो २६ औ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको र उक्त वडाका वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा रिवन काटि उदघाटन गरेका हुन । उदघाटन कार्यक्रम बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको अध्यक्षता, उक्त वडाका वडा अध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख आतित्थता तथा बैंकका क्षेत्रिय प्रमुख मोहनदत्त खनालले स्वागत मन्तव्यमा सुरु भएको थियो भने कार्यक्रम को सञ्चालन वुटवल कलस्टर हेड सुन्दर प्रसाद घिमिरेले गरेका थिए । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले ग्राहक महानुभावहरु माझ पहिलो रोजाइको राष्ट्रिय स्तरको विकास बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको कामना सेवा बिकास बैंक सहज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रुपमा पहिचान बनाउँदै आएको बताए ।
‘प्रगतिको आधार कामना सेवासँग कारोबार, भन्ने मुल नाराका साथ अगाडी बढेको बैंकले देशभरी छरिएर रहेका १३४ शाखा २६ एटिएम १ एक्सटेन्सन काउन्टर तथा ७७ शाखारहित बैंकिङ्ग हरु बाट सेवा दिइरहेको छ । शाखा कार्यालय होराइजन चोकद्धारा आयोजित कार्यक्रममा स्थानिय व्यक्तित्वहरु, समाजसेवि तथा बैकंका कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।



