खेम पाठक / बुटवल । तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ मा वडा नम्बर ४ र वडा नम्बर १ फाइनलमा प्रवेश गरेका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सह आयोजनामा नवजिवन खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. ४ ले वडा नं. २ लाई ३५ रन तथा दोस्रो खेलमा वडा नं. १ ले वडा नं १७ माथि १ विकेटको जित निकाल्दै फाईनलको यात्रा तय गरेका हुन् ।
पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नं ४ ले १९.२ ओभरमा सबै बिकेट गुमाएर ८२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि शिखर चन्दले २२ तथा सुलभ ढुङगानाले ११ रनको योगदान दिए । वडा नं. २ का बसन्त खत्रीले ४ तथा प्रज्वल पौडेलले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. २ का ब्याट्सम्यानहरुले १६.५ ओभरमा सवै विकेट गुमाएर मात्र ४७ रन बनायो ।
जसमा महेन्द्र सुवेदी क्षेत्रीले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा वार्ड नम्बर ४ का धिरेन राकेश मगरले कसिलो बलिङ गर्दै ४ ओभरमा ७ रन दिएर महत्वपुर्ण ४ विकेट लिएका थिए । भने सुजन न्यौपानेले २ विकेट लिएका थिए । पहिलो खेलमा वडा नं. ४ का धिरेन राकेश मगर प्लेयर अफ द म्याच भएका थिए ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नं. १७ ले १४ ओभरमा सवै विकेट गुमाएर ६६ रन बनाएको थियो । जसका लागि रामकुमार थापाले १८ र सागर चौधरीले १६ रनको योगदान दिएका थिए । वडा नं. १ का विशाल न्यौपाने ४ र गणेश गुरुङले २ विकेट लिए । प्रतिउत्तरमा वार्ड नम्बर एक १९.५ ओभरमा ९ विकेटको नोक्सानीमा लक्ष्य भेटायो ।
उसका लागि विपिन भट्टराई ले १९ रन र विशाल न्यौपानेले ११ रनको योगदान दिए । वलिङमा वडा नम्बर १७ का मुनेश्वर चौधरीले ३ र कुलदिप मलाहाले २ विकेट लिएका थिए । दोस्रो खेलमा वडा नं १ का विपिन भट्टराई प्लेयर अफ दी म्याच बाट पुरस्कृत भए । प्रतियोगिताको फाईनल खेल विहिवार वडा नं.४ र वडा नं .१ बीच हुने आयोजक नवजीवन क्लबका सचिव सागर पाठकले बताए ।



