बुटवल । बुटवल उपमहानगरपालिका ८ मा रहेको आँगन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजिव गौतम निर्वाचित हुनुभएको छ । बुटवलमा सञ्चालित उक्त संस्थाको शुक्रबार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा युवराज ढकाल, सचिवमा छमबहादुर (सुरेन्द्र) अधिकारी र कोषाध्यक्षमा नरदेव न्यौपाने रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा राजेन्द्र घिमिरे, कविन्द्र नेपाल, विष्णुप्रसाद गौतम, खेमानन्द पाठक र लालबहादुर अधिकारीलाई चयन गरिएको छ ।
संस्थाको लेखासमितिको संयोजकमा ध्रुवराज अर्याल तथा सदस्यहरुमा शोभाखर काफ्ले र प्रकाशराज अर्याललाई चयन गरिएको छ । संस्थाका निवर्तमान अध्यक्ष यमप्रसाद तिवारी, डा. ओमप्रकाश अर्याल र गणेशचन्द्र पोखरेललाई सल्लाहकार चयन गरिएको छ ।
त्यस अगाडि साधारण सभामा अध्यक्ष यमप्रसाद तिवारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गरेको आर्थिक तथा लेखासमितिको प्रतिवेदन पारित भएका छन् ।
साधारण सभामा असल बचतकर्ता अञ्जना नेपाल र कमलप्रसाद रेग्मी, असल ऋणी मन्दिरा बस्याल र टोपलाल आचार्य तथा शेयर सदस्यका छोराछोरी मध्ये गत एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने गौरीसुमन खनाल र सम्राट न्यौपानेलाई नगद सहित सम्मान गरिएको छ ।



