बुटवल । आफ्नो कथा आफै लेखौं भन्ने नारा सहित रुपन्देहीमा प्रथम मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते रुपन्देहीमा हुन लागेको महोत्सवमा मगर भाषाका कविता प्रतियोगिता, विभिन्न विषयमा बहस, मगर अग्रजहरुको चित्रकला, सांस्कृति ¥याली, पुस्तक पर्दशनी, बिमोचन गरिने भएको छ ।
शनिवार बुटवलमा विभिन्न क्षेत्रमा आवद्ध मगर समुदायको अगुवा विचको भेलामा साहित्य सम्मेलनको वारेमा जानकारी गराइएको थियो ।
नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष दल बहादुर बिरकट्टाले सम्मेलन मगर समुदायको वारेमा रहेका भ्रमहरु हटाउन फलदायी हुने चर्चा गर्नुभयो ।
मगर समुदायको सांस्कृतिक पुर्नउत्थान, बौद्धिक क्षेत्रमा सहभागिता, साहित्यक सिर्जनामा जोड दिने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले बताउनुभयो । कार्यक्रम आयोजक समिति सदस्य जेबी दर्लामीको संचालनमा भएको कार्यक्रमको सहजीकरण प्रचार संयोजक यम रानाले गर्नुभएको थियो ।



