ज्योतिनगर पहिरोलाई एमाले सरकारले वेवस्ता गरेको कारण भोट नदिने स्थानिय बासिन्दाहरुले बताएका छन् । बुटवलमा एमालेले सपनामात्रै बाँडेर वेवस्ता गरि प्रचारमुखी काम मात्रै गरेको भन्दै एमालेलाई यसपटक हराउनुपर्ने उनिहरुको भनाई छ । सोमवार क्षेत्र नं. २ अन्तर्गतको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा गठबन्धनका उम्मेदवार केशव बहादुर थापा र बामदेव क्षेत्री चुुनावी अभियानको क्रममा घरदैलोमा पुग्दा जनताले पहिरो व्यबस्थापन र सुरक्षित आवास मुख्य बिषय भएको गुनासो व्यक्त गर्दै सोहि क्षेत्रका स्थानियहरुले स्थानीय बिकासका लागी र पहिरो व्यवस्थापन र सुकुम्बासीलाई लालपुर्जा सहित भुमि अधिकारको अपेक्षा सहित उम्मेदवार हरुलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
उनीहरुका समस्या सुनिसकेपछि दुबै उम्मेदवारले सोहि क्षेत्रमा विज्ञहरुको टोली सहित पहिरोको दिर्घकालिन समाधानको खोजी गर्ने बताए । उनीहरुले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनीहरुले आमजनतालाई आग्रह गरे । स्थानीय रामकुमार श्रेष्ठले ज्योतिनगर पहिरोको दिर्घकालिन समस्याको समाधानको खोजी गर्नका लागी एमालेका नेताहरुले पटकपटक आश्वासन दिलाएपनि कुनै काम नगरेको बताए ।
त्यस्तै स्थानीय मञ्जु भण्डारीले धेरै वर्षै देखि एमाले पार्टीलाई भोट दिएपनि यसपटक भने गठबन्धनलाई भोट दिने बताईन । उनले भनिनि त्यो बेला एमालेको सरकार थियो । हामी पटकपटक गुनासो बोकेर नगरमा पुग्दा कुनै चासो नदेखिएको र आश्वासन मात्रै बाँडेकाले यसपटक गठबन्धनलाई भोट दिन्छौ। यसपटक पार्टी बदल्दैनौ तर मत बदल्छौ भन्दै एमालेलाई भोट नदिने प्रतिबद्धता व्यक्त गरिन ।



