कपिलवस्तु । वाणगंगा नगरपालिका ११ बरवामा रहेको बरवा कृषि सहकारी संस्थाको १४ औँ साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सहकारीको साधारणसभामा बोल्ने बक्ताले कृषि सहकारीहरुले कृषि क्षेत्रको व्यवसायीकरण र प्रगति देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले साधारण सभाको उद्घाटन गर्दै सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउनुभयो उहाँले कृषि सहकारी कृषकहरु कृषिमा आत्मनिर्भर गराउने कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । पछिल्लो समय केहि सहकारीहरु सदस्यको पैसा हिनामिना गर्दै भाग्ने गरेता पनि यस सहकारीले नमुना काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरी, वडा नम्बर ११ अध्यक्ष नगेन्द्र प्रसाद चौधरी, सामुदायिक अपांग बचत तथा ऋण सहकारी संस्थाका सचिव श्यामलाल खनाल र वडा नम्बर ११ महिला सदस्य ईमकला केसी , जनमैत्री कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वती गौतम, सल्लाहकारहरू चन्द्रकान्त आचार्य, कमल चुदाली, शालिकराम पौडेल, राजेन्द्र खनाल, टंकनाथ मरासिनी सहकारीको साधारणसभाको शुभकामना व्यक्त दिनु भएको थियो ।
साधारण सभामा सहकारीका अध्यक्ष रामनारायण मरासिनी, सचिव कृष्ण प्रसाद खनाल, कोषाध्यक्ष हरिद्धार प्रसाद चौधरी , लेखा समिति संयोजक विष्णु प्रसाद खनाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए । साथै साधारणसभाबाट अध्यक्ष नारायण मरासिनीे अध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ भने लेखा समितिबाट प्रस्तुत प्रतिवेदन पनि अनुमोदन गरेको छ ।
कार्यक्रम सहकारी संस्थाको उपाध्यक्ष यमकुमारी थापाको स्वागत मन्तव्य सहित सचिव कृष्ण प्रसाद खनालकोे संचालन रहेको थियो । साधारणसभा मार्फत सहकारीले संस्थामा आबद्ध असल ऋणि सेयर सदस्य काजिराम बि.क. र असल बचतकर्ता सेयर सदस्य ताराकुमारी बि.क.लाई सम्मान पनि गरेको थियो ।



