भैरहवा– रूपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणको अग्रता कायम छ । प्रतिनिधिसभा सदस्यको लागि खसेको मतमध्ये ४५३० मत गणना गर्दा खाणले १ हजार ९४१ मत प्राप्त गरेका छन् । खाणलाई राप्रपाका दीपक बोहराले १ हजार ४३६ मतले पछ्याईरहेका छन् ।
जनमतका प्रमोद कुमार राउतले २७८ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा हालसम्म गणना भएको मतमा ३६१ मत बदर भएको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।
कुल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा ९२ हजार ९ सय ७२ मत खसेको थियो । यने क्षेत्रको मतगणना भैरहवा नमूना माविको भवनमा भइरहेको छ।



