गल्याङ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता धनराज गुरुङले अग्रता बढाई रहेका छन् ।उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई दुई हजार पाँच सय १० मतान्तरले पछि पारेका छन् ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार काँग्रेस उम्मेदवार गुरुङले आठ हजार आठ सय ९९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले छ हजार तीन सय ८९ मत प्राप्त गरेकि छन । त्यसैगरी गरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार आठ सय २२ मत प्राप्त गरेका छन ।
अहिलेसम्म गल्याङ नगरपालिकाको वडा नं ६, ७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९, वालिङ नगरपालिकाको १, २, ५, ६, ७ र ८ वडाको मतगणना सम्पन्न भएको छ ।



