काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान सम्पन्न मतगणनामा देउवाले ६४ मत ल्याउँदा गगनले २५ मतमात्रै पाए । प्रतिनिधि सभाका कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । योसँगै देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । कांग्रेस संसदीय दलको सबैभन्दा ठूलो दल हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबारभित्रै सरकार गठनका लागि दावेदारी दिन दलहरुलाई आग्रह गरेकी छिन् ।



